Thursday, May 19, 2011

मध्यमर्स्याङ्दी जलविद्युतवाट विद्युत उत्पादन शुरु

आश गुरुङ 'प्रतीक'
लमजुङ, माघ १ गते ।
Bidhut Ghar madhyamarsyangdiउद्घाटन भएको एकमहिनापछि लमजुङमा निर्माण सम्पन्न मध्यमर्स्याङदी जलविद्युत परियोजनावाट विद्युत उत्पादन कार्य शुरु भएको छ ।
७० मेगावाट क्षमताको मध्यमर्स्याङ्दी जलविद्युत परियोजनाको एउटा र्टवाईनवाट ३० मेगावाट विद्युत आज बुधवारवाट उत्पादन गरिएको हो । परीक्षण नसकिँदै हतारहतार मंसिर २९ गते उद्घाटन गरिएको परियोजनावाट तत्काल चार मेगावाटमात्रै विद्युत उत्पादन गरि बन्द गर्राईएको थियो ।
उद्पादन कार्य शुरु गरिएको तीनमहिनासम्म 'टेस्टिङ' भएपनि विद्युत उत्पादन कार्य भने नियमित हुने परियोजनाले जनाएको छ । परियोजनावाट विद्युत उत्पादन शुरु भएपछि १३२ केभीको राष्ट्रिय प्रसारण लाईनमा जडान गरिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
पानीको मात्रामा कम भएकाले ३५ मेगावाट क्षमताको र्टवाइनवाट ३० मेगावाटमात्रै उत्पादन गरिएको र अर्को र्टवाइनको विद्युत उत्पादनबाहेक परीक्षण प्रशारण भईरहेको परियोजना प्रमुख सुनिलकुमार ढुङ्गेलले जानकारी दिनुभएको छ । जनवरीको अन्तसम्ममा दुवै र्टवाइन सञ्चालन गर्ने र नदीमा पानीको बहाव कम भएकाले दिनको ५ घण्टा पूरै क्षमतामा साथै बाँकी समयमा आधा अर्थात ३५ मेगावाटमात्रै विद्युत उत्पादन गरिने परियोजनाले जनाएको छ ।
एउटामात्रै र्टवाइनवाट उत्पादित ३० मेगावाट विद्युतले विद्यामान लोडसेडिङलाई फरक नपार्ने र ७० मेगावाट अर्थात पुरै क्षमता विद्युत उत्पादन भएपछि केहीमात्रामा लोडसेडिङ घट्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार नेपालमा ७ सय ५० मेगावाट विद्युतको माग भएकोमा ४ सय ५० मेगावाट विद्युत मात्रै आपूर्ति हुने गरेको छ ।
Tarwinपरियोजनाको परीक्षणको काम नै नसकी हतार हतार मंसिर २९ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा उद्घाटन गराइएको थियो । उद्घाटनपछि तत्काललका लागि चार मेगावाट विद्युत उत्पादन गरिएको थियो भने उत्पादन कार्य बढ्दै जाने परियोजनाले जनाएको थियो । जर्मन सरकार र दातृ निकाय केएफडब्ल्यूको दबाबमा नेपालर्-जर्मन ५० औँ बर्षाँठको अवसरमा उद्घाटन गर्न दवाव दिएपछि मध्यमर्स्याङ्दी जलविद्युत परियोजनाको उद्घाटन गरिएको थियो ।
सन् २००१ देखि निर्माणकार्य शुरु भएको परियोजना १३ अर्ब ६५ करोड लागतमा सन् २००४ को अन्त्य सम्ममा निर्माणकार्य सम्पन्न गर्ने लक्ष्य राखिएपनि यसको समयावधि र लागत दोब्बर बृद्धि भई करीब २७ अर्व पुगेको छ । मध्यमर्स्याङदी परियोजनाको मुख्य संरचनाहरुको कार्तिकमै निर्माण सम्पन्न भए पनि ती संरचनाको पर्ूण्ा रुपले परीक्षण हुन नपाएका कारण विद्युत उत्पादन रोकेर परीक्षणको काम गर्न थालिएको र ठेकेदार कम्पनी डीडीसी जेभीले सवै निर्माणकार्य सकाएर नेपाल विद्युत प्राधिकरणलाई परियोजना हस्तान्तरण गरेपछि मात्र पर्ूण्ा रुपमा विद्युत उत्पादन गरिने वताईएको छ ।

Posted on:January 14, 2009, 12:19 am

No comments:

Post a Comment