Saturday, May 28, 2011

सूर्य सुवेदी र्‍यापोटर पदमा नियुक्त

आश गुरुङ 'प्रतीक'
Surya Subediलमजुङ, चैत २० गते ।
प्राध्यापक डा. सूर्यप्रसाद सुवेदीलाई राष्ट्रसंघीय मानवअधिकार परिषद्ले कम्बोडियाका लागि विशेष र्‍यापोटर पदमा नियुक्त गरेको छ । परिषद्को जेनेभामा जारी दशौँ उच्चस्तरीय भेलाले अघिल्लो बुधवार यस्तो निर्णय गरेको हो । भेलामा सुवेदीलाई कक्बोडियाका लागि र्‍यापोटर पदमा नियुक्त गर्न प्रस्ताव गर्दा उहाँ निर्विरोध चयन हुनुभएको थियो ।

राष्ट्रसंघीय मानवअधिकार क्षेत्रवाट त्यस्तो पदमा पुग्ने सुवेदी पहिलो नेपाली हुनुहुन्छ । प्राध्यापक सुवेदी लामो समयदेखि वेलायतको लिड्स विश्वविद्यालयमा अन्तराष्ट्रिय मानवअधिकार कानुन विषयको प्राध्यापन गर्दै आउनुभएको थियो । लमजुङको सिम्पानी गाउँ विकास समिति वडा नं. ९ सुवेदी गाउँमा जन्मिएका डा. सुवेदी विगत २० बर्षेखि बेलायतमै वसोवास गर्दै आउनुभएको छ ।
राष्ट्रसंघवाट प्राध्यापक सुवेदी नियुक्तिको आधिकारीक खवर आएको संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चआयुक्त -ओएचसीएचआर) को नेपालस्थित कार्यालयका सूचना अधिकृत चुनबहादुर गुरुङले जानकारी दिनुभएको छ ।
अन्तराष्ट्रिय कानुनका विज्ञ समेत रहनुभएका प्राध्यापक डा. सूर्य सुवेदीलाई गतवर्षबेलायती ब्यारिष्टरहरुको पुरानो संस्था मिडिल टेम्पल इनले स्थायी सदस्यता सहितको 'व्यारिष्टर' उपाधि प्रदान गरेको थियो । बेलायतमा कानुनको क्षेत्रमा प्रतिष्ठित मानिएको 'व्यारिष्टर'को उपाधि पाउने डा. सुवेदी पहिलो नेपाली हुनुहुन्छ ।
सन २००४ मा बेलायत सरकारले अन्तराष्ट्रिय कानुनको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएवापत द एक्सेलेण्ट अर्डर अफ व्रिटिस एम्पाएर उपाधिबाट पनि उहाँलाई सम्मान गरिएको थियो ।

Posted on:April 1, 2009, 11:58 pm

No comments:

Post a Comment