Thursday, May 19, 2011

एक लाखको अक्षयकोष स्थापना

आश गुरुङ 'प्रतीक'
लमजुङ, पुस २६ गते ।
लमजुङको गाउँशहर गाविस वडा नं. ७ भकुण्डेका बासुदेव वरालले आफ्ना बाबुआमा र स्वर्गीय भाइको नाउँमा एकलाख एकहजार १० रुपैँयाको अक्षयकोष स्थापना गरेको छ ।
स्थानीय वालकल्याण उच्च माविको ३६ औँ वाषिर्क उत्सव तथा १७ औँ अभिभावक दिवसको अवसर पारेर विद्यालय संचालका लागि बरालले अक्षयकोष स्थापना गरेको हो ।
अहिले चितवनमा स्थायी वसोवास गर्दै आएका बरालले आफ्ना बाबु पिताम्बर बराल र आमा भागिरथी बरालको नाउँमा ५० हजार पाँचसय पाँच र स्वर्गीय भाइ कृष्ण बरालको नाउँमा ५० हजार पाँचसय पाँच रुपैँयाको अक्षयकोष स्थापना गरेको हो । अक्षयकोषलाई बैंकमा राख्ने र बाबुआमाको नाउँमा रहेको अक्षयकोषवाट आउने ब्याजले उच्च माविका दुईजना र भाइको नाउँमा रहेको अक्षयकोषवाट आउने ब्याजले माविका दुईजना जेहन्दार र गरीब विद्यार्थीलाई बाषिर्क रुपमा छात्राबृत्ति दिने विद्यालयका प्राचार्य अतिवल वोहराले जानकारी दिएकाछन् । त्यस्तै, विद्यालय संचालनका लागि गाउँशहर गाविस ८ का मीनबहादुर रानामगरले २५ हजार १ रुपैँया चन्दा दिएकाछन् ।
शुक्रवार आयोजना गरिएको वाषिर्क उत्सव तथा अभिभावक सम्मेलन कार्यक्रमलाई संवोधन गर्दै लमजुङ क्षेत्र नं. १ वाट निर्वाचित संविधान सभाषद् बुद्धिराम गुरुङले शैक्षिक क्षेत्रमा आमुल परिवर्तन ल्याउनुपर्ने र बैज्ञानिक हुनुपर्ने वताए ।
कार्यक्रममा नेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले, एकाता केन्द्र लगायतका राजनीतिक दलले मन्तब्य ब्यक्त गरेका थिए । सो अवसरमा विविध खेलकुद तथा प्रतियोगिताको पनि आयोजना गरिएको थियो । कार्यक्रम विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राजेश थापाको अध्यक्षतामा भएको थियो ।

Posted on:January 10, 2009, 12:49 am

No comments:

Post a Comment