Thursday, May 19, 2011

महासन्धी विपरित १२ बर्षिय दलित नावालक जेलमा

आश गुरुङ 'प्रतीक'
Aitabahadurलमजुङ, पुस २४ गते - वालअधिकार संवन्धि महासन्धी विपरित लमजुङ अदालतको आदेशमा एक १२ बर्षियदलित नावालक थुनामा रहेका छन् ।
हत्याको अभियोग लागेका लमजुङको घनपोखरा गाउँ विकास समिति वडा नं. ५ का १२ बर्षियआईतबहादुर विश्वकर्मा थुनामा परेका हुन् । दशैँको नवमीका दिन लमजुङको सिम्पानी गाउँ विकास समिति वडा नं. ८, पामचोकमा भएकोर् इश्वर भण्डारीको हत्यामा संलग्न भएको भन्दै उनलाई कर्तब्य ज्यान मुद्दा अन्तरगत लमजुङ जिल्ला अदालतले कारागार पठाएको हो । गत मंसिर ८ गते लमजुङ जिल्ला अदालतको आदेश अनुसार उनी पर्ुपक्षका लागि कारागारमा राखिएको छ । उनीसंगै अन्य अभियुक्तहरु पनि कारागार चलान भएकाछन् भने केही तारेखमा छुटेका छन् ।
घनपोखराको त्रिभुवन माध्यमिक विद्यालयमा कक्षा ३ मा पढ्दै गरेका विश्वकर्मा आफू निर्दोषी हुँदाहुँदैपनि हत्या जस्तो गम्भीर अपराधमा कारागारमा ल्याइएको भन्दै दुःख प्रकट गर्छन् । आईतबहादुरले अदालतमा आफू १२ वर्षात्र भएको बयान दिएपनि अदालतले प्रहरी रिपोर्ट बमोजिम उनलाई कारागार चलान गरेको थियो । वालकलाई मृतक भण्डारीका बाबु नन्दराज भण्डारीको जाहेरीका आधारमा प्रहरीले घटना घटेको भोलिपल्ट पक्राउ गरेको थियो । प्रहरी रिपोर्टमा उनी १३ देखि १४ वर्षभएको दावी गरिएको छ । उनको यकिन उमेर थाह नभएकाले गाविस र विद्यालयले १४ वर्षभएको सिफारिस गरेको थियो । कानुनतः आधिकारीक बनाउनका लागि लमजुङ जिल्ला सामुदायिक अस्पतालले उनको उमेर १३ देखि १४ वर्षो प्रमाणपत्र दिएको थियो । उनी आफ्नो उमेर १३ वर्षनि नपुगेको वताउँछन् । उनका अनुसार गएको दशैँको नवमीका दिन उनी अन्य साथीहरुसंग साँस्कृतिक कार्यक्रम हर्ेन सिम्पानी गएका थिए । कार्यक्रम चल्दै गर्दा झडप भएपछि आफू भागेको उनी वताउँछन् । तर हत्यामा संलग्न भएको आरोपमा उनी पक्राउ परेर कारागारको बन्दी जीवन विताउन बाध्य भएको उनको गुनासो छ ।
वालअधिकार संवन्धि महासन्धी १९८९ र वालवालिका संवन्धि ऐन २०४८ ले १६ वर्षमुनिका वालवालिका कारागारका अन्य बन्दीसंग राख्न नहुने स्पष्ट गरेको छ । २०४८ को दफा ५० मा कुनैपनि नावालकमाथि कुनै कसुरको अभियोग लागेमा निजका बाबुआमा, संरक्षक, नातेदार वा वालवालिकाका हक हितको क्षेत्रमा काम गर्ने कुनै सामाजिक संस्था वा वाल सुधार गृहमा जिम्मा दिनुपर्ने उल्लेख छ । त्यस्तै, दफा १५ मा कनैपनि वालकलाई नेल, हतकडी लगाउन, एकान्त, कारावासमा राख्न वा कुनै अपराध गरेर कैद सजाय पाएका उमेर पुगेका बन्दीका साथ राख्न नहुने भनिएको छ । त्यस्तै, सोही ऐनको दफा ११ मा कानुन बमोजिम अपराध ठहरिने काम गर्ने ब्यक्ति सो काम गर्दा १० वर्षवा सो भन्दा माथि र १४ वर्षमुनि रहेछ भने निजलाई कानुन बमोजिम जरिवाना हुने, कुनै अपराध गरेमा हप्काई, सम्झाई बुझाई गर्ने र कैद हुने अपराध गरेमा कसुर हेरि ६ महिनासम्म कैद हुने ब्यवस्था छ । त्यस्तै ८ देखि १४ वर्ष सम्मका वालवालिकालाई सामान्य सजाय र १४ देखि १६ वर्षम्मका वालवालिकालाई फौजदारी अभियोग अन्तरगत मुद्दा चलाएपनि आधामात्र सजाय हुने नियम छ ।त्यस्तै सर्वोच्च अदालतले २०५७ साल चैत्रमा १६ वर्षमुनिका वालवालिकाले अपराध गरे उनीहरुलाई अन्य बन्दीसंग कारागारमा नराखि वाल सुधार गृहमा राख्नुपर्ने नजीर प्रतिपादन गरेको थियो । अदालतले त्यसको उपेक्षा गरेको मानवअधिकारकर्मी तथार् इन्सेक लमजुङका प्रतिनिधि कृष्णप्रसाद अधिकारीले वताए । 'अन्य बन्दीहरुसंग वालक राखिएमा झन् ठूलो अपराधी भएर निस्कन सक्छ, त्यसले गर्दा छिट्टै नै उनलाई सुधार गृहमा लैजानर्ुपर्छ ।' उनको सुझाव छ । जिल्ला वाल कल्याण समितिका वाल संरक्षण अधिकृत नवीनचन्द्र घिमिरेले कुनैपनि अभियोगमा नावालकलाई अन्य बन्दीसरह कारागारमा राख्नु गैरकानुनी भएको वताए । वालवालिका संवन्धि ऐन अनुसार अपराध नै गरेपनि त्यसरी नावालकलाई अन्य बन्दीसरह राख्नै नमिल्ने उनको तर्क छ ।
लमजुङमा १२ वर्षो नावालक अन्य बन्दीसंगै जेलमा राखिएको संभवतः यो पहिलो घटना हो । यसवारेमा प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेलले आईतबहादुरलाई छिट्टै वाल सुधार गृहमा पठाउने तयारी भईरहेको वताएकाछन् ।
आईतबहादुरको मुद्दाबारे लमजुङ जिल्ला अदालतका न्यायधिश अच्यूत भण्डारीसंग पटक-पटक सर्म्पर्क गर्दा उनी सर्म्पर्कमा आउन चाहेनन् । वालकको नीजि वकिल नभएको र १२ वर्षनपुगेको आधिकारीक प्रमाण पेश नभएकाले उनलाई कारागरम राखिएको श्रोतको भनाई छ । पारिवारिक अवस्था ज्यादै दयनीय रहेका आईतबहादुरलाई एसएलसी सम्म पढ्ने धोको छ । उनको परिवारमा आमाबाबु, २ दाज्यु, दुई दिदी र एक बहिनी छन् ।

Posted on:January 8, 2009, 4:39 am

No comments:

Post a Comment