Saturday, May 28, 2011

कृषि विकास बैंकको शाखा कार्यालय स्थापना

आश गुरुङ 'प्रतीक'
bhoteodarkrishibankpicलमजुङ, चैत २९ गते -लमजुङको नगरोन्मुख शहर भोटेओडारवाट विस्थापित भएको सातवर्षछि कृषि विकास बैंक शाखा कार्यालयको पुनर्स्थापना भएको छ । तत्कालीन माओवादी र राज्यको द्वन्द्वका क्रममा २०५८ साल असारमा विस्थापित भई सदरमुकाम वेसीशहरस्थित शाखा कार्यालयमा गाभिएको सो बैंक ७७ औँ शाखाको रुपमा पुनर्स्थापना भएको हो । बैंकको आज शनिवार एक कार्यक्रमकाबीच अर्थमन्त्री डाक्टर बाबुराम भट्टर्राईलेउद्घाटन गर्नुभयो ।
उद्घाटन समारोहलाई संवोधन गर्दै मन्त्री भट्टर्राईले कृषिप्रधान र निर्वाहमुखि अर्थतन्त्रको क्रम भंगता गरि ब्यवसायमुखि र औद्यौगमूखि अर्थतन्त्रको निर्माण गर्नुपर्ने वताउनुभयो । सामन्त्री युगवाट औद्योगिक पूँजीवादी युगमा संक्रमण गर्नका निम्ति बैंकले विशेष भूमिका निर्वाह गर्ने वताउँदै मन्त्री भट्टर्राईले भन्नुभयो, 'अब बैंकिङ करोवार गाउँगाउँवाट गरिने छ ।' अहिलेसम्म ८० प्रतिशत बैंकिङ कारोवार शहरवाट भएको वताउँदै, अव सो कदम उल्टाएर गाउँमा पुर्�याले लक्ष्य सरकारको रहेको मन्त्री भट्टर्राईले वताउनुभयो । नयाँ नेपाल निर्माणका लागि आर्थिक क्रान्ति आवश्यक भएको वताउँदै मन्त्री भट्टर्राईले यसअघि गाउँमा निक्षेप संकलन गरेर शहरमा लगानी गर्ने पुरानो परिपाटी रही आएकोमा अब सहरमा निक्षेप संकलन गरि ग्रामीण क्षेत्रमा लगानी गरिने वताउनुभयो ।
कार्यक्रममा कृषि विकास बैंक कार्यकारी अधिकृत जनकराज शाहले १० बर्षो सशस्त्र द्वन्द्वको कालमा नेपालवाट ५५ वटा कृषि विकास बैंक विस्थापित भएको जानकारी गराउँदै bhoteodarkrishibankpic2चालु आर्थिक वर्ष सम्म २९ वटा शाखा पुनर्स्थापना गरिने वताउनुभयो । कृषि विकास बैंकले ग्रामीण अर्थतन्त्रको विकास गर्दै बाणिज्य र विकास बैंकिङ सेवा समेत उपलब्ध गराउने शाहले वताउनुभयो । बैंकले आगामी दिनमा अत्याधुनिक सफ्टवयरको प्रयोग गरि अनलाईन बैंकिङ सेवामार्फत अन्य शाखा बैंकिङ एसएमएस बैंकिङ, अनलाईन रेमिटेन्स, एटीएम, लेटर अफ क्रेडिट, डेविट तथा क्रेडिट कार्ड बैंकले सेवा दिने कार्यक्रममा शाहाले जानकारी दिनुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेल लागयतले कृषि विकास बैंक स्थापनासंगै यस क्षेत्र वरपरका किसानहरु लभान्वित हुने वताएका थिए । भोटेओडारस्थित सिउँडीवारमा कृषि विकास बैंकको शाखा स्थापना भएपछि यस क्षेत्र साथै पूर्वी लमजुङका २४ गाविसलाई सेवा दिईने कृषि विकास बैंक भोटेओडार शाखाले जानकारी दिएको छ ।

Posted on:April 11, 2009, 7:48 am

No comments:

Post a Comment