आश गुरुङ प्रतीक
लमजुङ, असार ८ गते -लमजुङमा निर्मित बहुचर्चित ७० मेगावाट क्षमताको मध्यमर्स्याङ्दी जलविद्युत परियोजनाको निर्माण लागत तथा समयावधि दोब्बर हुनुको मुख्य कारण परियोजनाको निर्माणका क्रममा गरिएका बन्दु रहेको छानविन समितिले जनाएको छ ।परियोजनाको लागत र समय निर्धारित भन्दा दोब्बर भएकाले भ्रष्टचार भएको गुनासो बढेपछि मध्यमर्स्याङ्दी जलविद्युत् परियोजनाको अध्ययनका लागि गठित लेखा समिति र संसदीय अध्ययन उपसमितिको संयुक्त टोलीले आईतवार र सोमवार परियोजनाको स्थलगत अध्ययन अवलोकन गरेको थियो ।

अध्ययन तथा अवलोकनका लागि छानविन उपसमितिका संयोजक लोहनी सहित सभाषद् रवीन्द्र अधिकारी लागयत सार्वजनिका लेखा समितिका सभापति रामकृष्ण यादवसहितको नौ जनाको टोली मध्यमर्स्याङ्दी निर्माणस्थल पुगेका थिए । उनीहरुले परियोजना सम्बन्धित पदाधिकारी संग बयान लिने र सम्पूर्ण कागजात झिकाएर अध्ययन गरेका थिए । अध्ययनका क्रममा क्रममा पहिरो थाम्ने पर्खाल सम्झौता अनुसार नबनाइएको, सुरुङमा सामन्य खरावी देखिएको र आबश्यकता भन्दा बढी सामग्री खरिद गरिएको पाइएको छानविन उपसमितिका सदस्य रविन्द्र अधिकारीले बताउनुभयो । समय र लागत दोब्बर हुनुको कारण, विगतको सम्झौता र ठूला मेघा परियोजना शुरु गर्नु अघिको तयारीका बारेमा समितिले अध्ययन नगरेको वताईएको छ । समितिले जिल्ला स्थित एकीकृत नेकपा माओवादी, नेपाली काँग्रेस, नेकपा एमाले, राप्रपाका प्रतिनिधि तथा प्रमुख जिल्ला अधिकारी, स्थानिय विकास अधिकारी, प्रहरी नायव उपरिक्षक लगायतलाई समेत भेटेर मध्यमर्स्याङ्दी परियोजनावारे सोधपुछ गरेका थिए । उनीहरुले परियोजनाको बाँध, जलासय, सुरुङको संरचना, पानी थिग्य्राउने पोखरी, बिद्युत गृह, हरेक संरचनाको हालको अवस्था र परियोजनाले स्थानिय तहमा पारेको प्रभाव बारेमा जानकारी लिएका थिए । टोली आज सोमवार राजधानी फर्कको छ ।

जर्मन सरकारको अनुदान तथा नेपाल सरकार र विद्युत प्राधिकरणको संयुक्त लगानीमा सन् २००४ वाट निर्माण शुरु मध्यमर्स्याङ्दी जलविद्युत परियोजनाको समयवाधि दोब्बर हुन गई सन् २००८ मा मात्रै सम्पन्न भएको थियो । मध्यमर्स्यादीको लागत २७ अर्व ८७ करोड रुपैया पुगेको अनुमान गरिएपनि परियोजनाले भने २६ अर्ब मात्रै पुगेको वताएको छ । परियोजनाको शुरुमा अनुमानित लागत १३ अर्व ६५ करोड रुपैया मात्रै रहेको थियो ।
-तस्वीरमा मध्यमर्स्याङ्दी जलविद्युत परियोजनाको स्थलगत निरिक्षण गर्दै संसदिय छानविन उपसमिति र लेखासमितिका पदाधिकारीहरु ।
Posted on:June 22, 2009, 11:58 pm
No comments:
Post a Comment