Saturday, May 28, 2011

गुरुङ र तिवारीलाई अभिनन्दन

आश गुरुङ 'प्रतीक'
Ps Gurungलमजुङ, चैत २९ गते ।
नेपाल राष्ट्रिय शिक्षक संगठनले पूर्व पर्यटनमन्त्री तथा लमजुङ क्षेत्र नं. २ वाट निर्वाचित संविधानसभा सदस्य पृथ्वीसुब्बा गुरुङ र संगठनका संस्थापक अध्यक्ष हृदयनीधि तिवारीलाई अभिनन्दन गरेको छ ।
संगठनका पूर्व अध्यक्ष समेत रहेका गुरुङ र तिवारीलाई नेपालको शैक्षिक क्षेत्रमा अमुल्य योगदान पुर्‍याएको भन्दै ३० औँ शिक्षक दिवसको अवसर पारेर अभिनन्दन गरिएको हो ।
लमजुङ सदरमुकाम वेसीशहरस्थित मदनआश्रति स्मृति भवनमा आयोजना गरिएको कार्यक्रममा संगठनका केन्द्रीय सदस्य तथा गण्डकी अञ्चल अध्यक्ष मातृकाप्रसाद खनाल र संगठनका अध्यक्ष तीर्थ वस्नेतले अभिनन्दनपत्र हस्तान्तरण गरेका थिए । कार्यक्रममा गुरुङ र तिवारी लगायत ६५ जना शिक्षकशिक्षिकालाई सम्मान गरिएको थियो ।
यसैबीच नेपाल राष्ट्रिय शिक्षक संगठन लमजुङले एक प्रेस विज्ञप्ति जारी गरि नेपाल शिक्षक युनियन र नेपाल शिक्षक संघ लमजुङ प्रति कडा शव्दमा खेद व्यक्त गरेको छ । विज्ञप्तिमा नेपाल शिक्षक युनियनको २/२ पटकको नेतृत्वले अस्थायी शिक्षकको आवाजलाई उठाउन नसकेको, शिक्षकलाई राहत दिने अभियानमा लाग्नुको सट्टा आहात दिने अभियानमा लागेको आरोप लगाएको छ । जस्का कारण नेपाल शिक्षक युनियन हाँक्न यस पटकको नेतृत्व अधिकांस शिक्षकहरुको चाहाना अनुसार नेपाल राष्ट्रिय शिक्षक संगठनले दावी गरेको बताएको छ । विज्ञप्तिमा नेपाल राष्ट्रिय शिक्षक संगठन सहमति र समजदारीमा विश्वास गर्ने बताउदै नेपाल शिक्षक संघको छुद्र व्यवहार तथा कार्यशैलीबाट सचेत हुन आफ्ना संगठनमा आवद्ध तथा सवै शिक्षकहरुलाई आग्रह समेत गरेको छ ।

Posted on:April 11, 2009, 8:07 am

No comments:

Post a Comment