Tuesday, May 24, 2011

हिसावकिताब खोज्नुपर्छः सभाषद् गुरुङ

आश गुरुङ 'प्रतीक'
buddhi-ram-gurungलमजुङ, माघ ११ गते - लमजुङ क्षेत्र नं. १ वाट निर्वाचित संविधान सभाका सदस्य बुद्धिराम गुरुङले नयाँ संविधान निर्माणका लागि कांग्रेस-एमाले बाधक भएको वताउनुभएको छ । नयाँ नेपाल र गणतन्त्रको विरुद्ध लागिपरेका राजनीतिक दलहरु जनताले कार्वाहीको दायरामा उभ्याएपछि गणतन्त्रको वकालत गर्न बाध्य भएको भन्दै गुरुङले पुराना संरचनाका कारण देश विकास हुन नसकेको ठोकुवा गर्नुभयो ।

प्रथम भाचोक महोत्सको उद्घाटन समारोहलाई शुक्रवार संवोधन गर्दै गुरुङले नेपाली जनताको र्सार्वभौमसत्तालाई कब्जा गरि आफ्नो खुसी राजगर्ने सामन्तको हिसावकिताब खोज्नुपर्ने समेत वताउनुभयो । नेपाली जनताले ७ सालदेखि १७, ३६ र ४६ सालका आन्दोलनमा नयाँ नेपाल निर्माणका लागि लडाइँ गरेको र त्यो लडाइँलाई राजनीतिक दलले शिरोधार्य गर्न नसकेको आरोप लगाउँदै उनीहरुकै कारण अहिलेको नयाँ नेपाल निर्माणको प्रक्रिया सोँचेअनुसार अगाडि बढ्न नसकेको वताउनुभयो ।

नेपाली जनक्रान्ति जारी रहेको वताउँदै संविधान सदस्य गुरुङले नयाँ सामन्तको जरो उखेल्न र नयाँ संविधान निर्माण गर्न जनताको एकता आवश्यक रहेको वताउनुभयो । एक छुट्टै प्रशंगमा गुरुङले ग्रामीण क्षेत्रका युवाहरु पलायन हुँदै गएकोमा चिन्दा ब्यक्त गर्दै युवाशक्ति पलायन हुनु देशका लागि घातक भएको र यसले विकासको सट्टा विनास ल्याउने वताउनुभयो । उहाँले ग्रामीण भेगका प्राकृतिक सम्पदा तथा जडिवुटीको प्रवर्द्धनका लागि सरकारी नीति ठोस हुनुपर्ने वताउँदै यसको संरक्षणमा स्थानीय जनता एकताबद्ध भएर लाग्नुपर्ने वताउनुभयो । गुरुङले मेमेपोखरी, दूधपोखरी, बाह्रपोखरी लगायतका प्राकृतिक सम्पदाका लागि बाह्रथरवासी एकजुटको विकल्प छैन समेत भन्नुभयो ।

कार्यक्रममा समाजसेवी क्याप्टेल लालबहादुर गुरुङ, नेपाली कांग्रेसका अम्भिका प्रसाद घिमिरे, नेकपा एमालेका राजकुमार विष्ट लगायतले विकासका लागि स्थानीयवासिन्दा एकजुट हुनुपर्नेमा जोड दिएका थिए । उद्घाटनसत्र कार्यक्रम प्रथम भाचोक महोत्सव २०६५ मुल आयोजक समितिका संयोजक तीर्थबहादुर गुरुङको अध्यक्षतामा भएको थियो ।

Posted on:February 22, 2009, 1:48 am

No comments:

Post a Comment