आश गुरुङ 'प्रतीक'

लमजुङको पर्यटकीय गाउँ भुजुङका युवायुवतीहरुले श्रमदान गरेरै गाउँको सन्तानेश्वर महादेव मन्दिर परिसरमा धर्मशाला, बाटो, चौतारो र धारा निर्माण गरेकाछन् ।
मन्दिरमा जाने तथा आउने भक्तजनहरुको सजिलोका लागि भुजुङस्थित झाप गु्रप र टैँ थेमै फौदाको समूहमा आवद्ध १९ जना केटा तथा २१ जना केटीहरुको समूहले करीब तीनलाख बराबरको श्रमदान दिएर धर्मशाला, बाटो, चौतारो र धारा निर्माण गरेकाहुन् ।
गाउँवाट करीब साढे एक घण्टा लाग्ने सन्तानेश्वर महादेव परिसरको धर्मशाला, बाटो, चौतारो र धारा निर्माणका लागि विदेशीएका साथीहरुसंग नाचगान गरेर संकलन गरिएको करीब एकलाख रुपैँयासमेत खर्चेको छ । निर्माणका लागि झाप गु्रप र टैँ थेमै फौदाले दुईहप्ता लगातार र गाउँका अन्य युवायुवती साथै गाउँका वासिन्दाले पनि सक्दो श्रमदान गरेको टोलीप्रमुख टेकबहादुर गुरुङले जानकारी दिनुभएको छ ।


झाप गु्रप र टैँ थेमै फौदाले देवताको हाताभित्र दिसापिसाब गर्न, फोहर, थुक, सिँगान तथा जुठो नफाल्न, कुनैपनि प्रकारका जुत्ता, चप्पल तथा छालाका वस्तुहरु देवताको हाता भित्र नलान, देवताको हाताभित्र फोटो नखिच्न र कुनै पनि प्रकारका क्यामरा तथा मोवाईल समेत नलान सवैलाई आग्रह समेत गरेको छ ।
तस्वीरमा
१, धर्मशाला अगाडि तस्बीर खिच्दै झाप गु्रप र टैँ थेमै फौदा
२, श्रमदानका लागि ढुङ्गा बोक्दै टैँ थेमै फौदा
३, धर्मशाला निर्माणका क्रममा शिलान्यास गर्दा वरपर झाप गु्रपका युवाहरु
४, धर्मशाला निर्माणका क्रममा शिलान्यास गर्दै कार्यक्रमका संयोजक रामकुमार गुरुङ

Posted on:April 26, 2009, 7:52 am
No comments:
Post a Comment