आश गुरुङ 'प्रतीक',

पूर्बी लमजुङको विकट मानिने ईलमपोखरीमा आयोजना गरिएको दोश्रो ईलमपोखरी महोत्सव २०६५ आज शनिवार सकिएको छ ।
'प्राकृतिक श्रोत साधनहरुको अधिकतम उपयोग गरौँ, आन्तरिक तथा बाहृय पर्यटनको प्रवर्द्धन गरौँ, ऐतिहासिक स्थल, स्थानीय कला संस्कृतिको संरक्षण र संवर्द्धन गरौँ' भन्ने मुल नाराका साथ आयोजना गरिएको महोत्सव गत मंगलवारवाट शुरु भएको थियो ।
लमजुङ सदरमुकाम वेसीशहरवाट मुस्किलसंग एक दिनमा पुग्न सकिने ईलमपोखरीमा आयोजना गरिएको

ईलमपोखरी क्षेत्रको ९ वटा गाविसमा अन्तरिक तथा बाहृय पर्यटन प्रवर्द्धन, स्थानीय कला संस्कृतिको संरक्षण र स्थानीयवासिन्दाको जिवनस्तर उकास्न महोत्सवको आयोजना गरिएको महोत्सवको ३० हजार दर्शकल अवलोकन गरेको आयोजक समितिले जनाएको छ ।
महोत्सवमा आएका पाहुनालाई गुरुङ तथा तामाङ जातीको प्राचिन वस्ती, तालतलैया, कोट, मन्दिर, हिमश्रृङ्खला, जंगली जनावर, पशुपन्छी, ठूलाठूला घाँसे मैदान


महोत्सव ईलमपोखरी क्षेत्र संरक्षण तथा विकास मञ्चको पहल तथा जिल्ला विकास समिति लमजुङ र ईलपोखरी क्षेत्रमा पर्ने इलमपोखरी, विचौर, दूधपोखरी, कोल्की, गौँडा, प्यारजुङ, पाचोक र नौथर गरि ९ वटा गाविसको आयोजनामा भएको हो ।
Posted on:March 8, 2009, 8:05 am
No comments:
Post a Comment