आश गुरुङ 'प्रतीक'
स्थानीयवासिन्दाले पञ्चेवाजाका साथ सदरमुकाम वेसीशहर बजार परिक्रमा गरेर पानी छ्याप्दै भगवान शिवमहादेवको भजनगीत गाएर पानी बोलाएका थिए । पञ्चेवाजासहित बजार परिक्रमा गर्दै गरेका टोलीलाई छतमा वसेका स्थानीयवासिन्दाले ऐक्यबद्धता जनाउँदै पानी छ्यापेका थिए । लामो समय खरेडी पर्दा पञ्चेवाजाका साथ पूजाआज गरेमा आकाशेपानी पर्ने स्थानीयवासिन्दामा विश्वास छ ।
सदरमुकाम वेसीशहर बजार परिक्रमा गर्नुअघि स्थानीयवासिन्दाले मर्स्याङ्दी नदीको किनारमा रहेको कर्पुरेश्वर महादेवको मन्दिरमा रुद्रीपाठ गर्नुका साथै होम हालेका थिए । त्यस्तै, पानी माग्दै स्थानीयवासिन्दाले मर्स्याङ्दी नदीमा ८८ हजार पिपलको पात बगाएका थिए ।
स्थानीयवासिन्दाले आकाशे पानीको माग गर्दै सदरमुकाम वेसीशहरमा रहेको नारायणस्थान मन्दिर र त्रिवेणीमा पनि पूजापाठ गरेका थिए ।
Posted on:March 23, 2009, 6:48 am
No comments:
Post a Comment