आश गुरुङ 'प्रतीक'

प्रवेशिका परीक्षाका लागि दिईने टेष्ट परीक्षामा आफूलाई अनुत्तीर्ण गराएको भन्दै विद्यार्थीहरु आन्दोलनमा उत्रिएपछि विद्यालय तनावग्रस्त बनेको हो । विद्यालयलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
विद्यालयमा लगाईएको तालालाई प्रहरीले खोलेपछि आन्दोलनरत विद्यार्थी र प्रहरीबीच सामान्य झडपसमेत भएको छ । विद्यालयमा तनाब भएपछि समाचार संकलन गर्न गएका स्थानीय कर्मदा साप्ताहिकका पत्रकार संगमराज पाण्डेयमाथि विद्यार्थीले कुटपिट गरेकाछन् । आन्दोलनरत विद्यार्थीको कुटपिटवाट पत्रकार पाण्डेय नाकमा गहिरो चोट लागेको छ ।
विद्यालयमा भएको तनाबका कारण पठनपाठन बन्द भएको छ ।
Posted on:February 17, 2009, 2:39 am
No comments:
Post a Comment