आश गुरुङ 'प्रतीक'
लमजुङ तमु संग्रहालय भवन वेसीशहरको प्राङ्गणमा यसपटक लमजुङका गुरुङहरुले धोको फेरेर नाचे । के बृद्धबुद्धा, के बालबालिका सवै छम्छमी नाचेका थिए । उनीहरुको मुहारमा एउटा खुसी झल्किन्थ्यो, सामुहिक रुपमा अहिले सम्म त्यो अधिकार उनीहरुले प्राप्त गरेको थिएन । भोटो र कछाडमा सजिएका युवाहरु साथै गुन्याचोलीमा सजिएका युवातीहरु एक आपसमा मिलेर सामुहिक रुपमा नाच्ने, गाउने र खाने कार्यक्रमले वेसीशहरको वातावरण नै नौलो बनाएको थियो । लमजुङ गुरुङ जातिको उद्गमस्थल । वषौँदेखि लमजुङमा आफ्नो अस्थित्व जमाउँदै आएका गुरुङले हरेक वर्षएकताबद्ध रुपमा मनाउने पर्व ल्होसार । त्यसैले होला कर्मचारी तथा विद्यार्थीहरुले आफ्नो काम कर्तब्यसमेत विर्सर्ेेमात्र सम्झे ल्होसार अनि रमाइलो । हुन पनि निकै रमाईलो देखिन्थ्यो गुरुङहरुले ल्होसार मनाएको । ल्होसारमा सरकारी विदाको माग गर्दै आन्दोलनमा उत्रिएका गुरुङहरुले आफूमात्रै ल्होसार मनाएनन्, आफ्नो खसीमा साथ दिन गैर गुरुङहरुलाई समेत निमन्त्रणा गरेको थियो । उनीहरुको मुहारमा खुसीको सिमा थिएन, किनकि यसवर्षेखि सरकारले ल्होसारमा र्सार्वजनिक विदा दिईएको थियो ।
गुरुङ जातिको १५ पुसमा बर्ग फेरिन्छ । ची -मुसा), लोँ -गाई), तो -बाघ), हिँ -विरालो), सफ्ह्री -नाग अर्थात र्सप), मुफ्ह्री -गरुड), त -घोडा), ल्हु -भेडा), प्र -बाँदर), च्य्ह -चरा), खि -कुकुर) र फो -मृग तथा हरिण) गरि १२ बर्ग हुन्छ । गुरुङ समुदायमा बर्ग अनुसार उमेर गनिन्छ र पत्ता लगाईन्छ पनि । बर्ग फेर्ने गरेकाले यसैलाई गुरुङ समुदायले नयाँ वर्षो शुरुवातको रुपमा लिईन्छ । वर्षरि आ-आफ्नो कामकर्तब्यमा ब्यस्त हुने गुरुङहरुको ल्होसार नै एउटा माध्यम हो, जहाँ वर्षौँवर्षेखि नभेटेका आफ्ना आफन्त र र्इष्टमित्रहरु भेट्न पाईन्छ । ल्होसारकै अवसर पारेर पोखरावाट लमजुङ आएका राष्ट्रिय फुटवल खेलाडी अनिल गुरुङले भने, 'आफ्नो उद्गमस्थलमा ल्होसार मनाउन पाउँदा ज्यादै खुसी छु ।'
लमजुङका गुरुङहरुको साझा संस्था तमु छोँज धीँ लमजुङको आयोजना मात्रै नभएर विभिन्न संघसंस्थाले पनि समन्वय गरि लमजुङमा ल्होसार मनाईएको थियो । वेसीशहरका युवा क्लबहरुले ल्होसारको अवसर पारेर विविध कार्यक्रमको आयोजना समेत गरेको थियो । सोही अवसर पारेर लमजुङमा पहिलोपटक सडक महोत्सवको समेत आयोजना गरियो ।

विशेष गरि गुरुङहरुले टाढा टाढा रहेका आफन्तसंग भेटघाट गर्नुका साथै नयाँ नयाँ लुगा लगाएर, सेलरोटी, खिर लगायत मीठा मीठा खानाका परिकार बनाएर खाने र नाचगान गरि ल्होसारलाई मनाउने गरिन्छ । तर, ल्होसार कहिलेदेखि मनाउन शुरु गरियो, त्यसको वारेमा कोही पनि विज्ञ छैनन् । गुरुङ संस्कतिविद इन्द्रबहादुर गुरुङ भन्छन्, 'पहिल्यैदेखि मनाउँदै आएको पर्व, लिखितर् इतिहास नभएकाले यसको समयावधि भन्न निकै गाह्रो छ ।'
गुरुङहरु प्रकृतिका पुजारी भएकाले सूर्यलाई प्रकृति मान्ने गर्छन् । सूर्यले दिशा परिवर्तन गरि उत्तर फर्केको दिन नै १५ पुस भन्ठान्छन् गुरुङ संस्कृतिविद्हरु ।
गणतन्त्र नेपाल स्थापना र धर्म निरपेक्ष राष्ट्र घोषणापछि गुरुङले अव अर्को मुद्धा अगाडि सारेका छन् । संघीय राज्यको चर्चा चलिरहेको नेपालमा जातीय आधारमा संघीय गणराज्यको माग गरेकाछन् लमजुङका गुरुङले । संघीय राज्यमा तमुवान स्वयत्ता प्राप्त नभएर आन्दोलन गर्ने तमु छोँज धीँ लमजुङका अध्यक्ष प्रेम घलेले वताउँछन् ।
तस्वीरः लेखक
More Pics
Posted on:January 8, 2009, 4:24 am
No comments:
Post a Comment