आश गुरुङ 'प्रतीक'

अघिपछि पर्यटकको सामान्य चहलपहल देखिने घलेगाउँमा दैनिक २० देखि ३० जनासम्म पर्यटकहरु पुग्ने गरेकाछन् । धेरैमात्रामा आन्तरिक पर्यटकको गन्तब्यस्थल बनेको घलेगाउँमा गत साउनदेखि देखि हाल सम्ममा करीब दुर्इहजार नेपाली र दुर्इसय ५० भन्दा बढी विदेशी पुगेकाछन् । समुन्द्री सतहदेखि २१ सय मिटरको उचाइमा रहेको घलेगाउँमा एक सय गुरुङ र २२ दलित गरि एकसय २२ घरधुरी रहेकाछन् ।
प्राकृतिक सौर्न्दर्यता र कला संस्कृतिको खानी भएकाले दिनानुदिन घलेगाउँ पुग्ने पर्यटकको संख्या बढ्दै गएको घलेगाउँ पर्यटन ब्यवस्थापन समितिका संरक्षक प्रेम घलेले वताउनुभयो । उहाँका अनुसार हिजोआज छिटफुट रुपमा मात्र नभएर शैक्षिक भ्रमणका लागि र प्याकेज टुरका लागि पनि घलेगाउँ सवैको गन्तब्यस्थल बनेको छ । घलेगाउँ पुगेपछि पर्यटकले आफ्नो चाहनाअनुसारको स्थानीय परम्परागत खाना उपभोग गर्न पाउनुका साथै परम्परागत गुरुङ संस्कृतिका झलक तथा झाँकी, संग्रहालय, चियाबगान साथै दर्जनौ हिमश्रङ्खलाहरु देख्न सक्नेछन् ।
गाउँलाई स्वदेश तथा विदेशमा प्रचारप्रसार गरि आन्तरिक तथा बाहृय पर्यटक भित्र्याउने उद्देश्यले २०५७ सालबाट स्थानीयवासिन्दाले महोत्सवको आयोजना गर्दै आएको छ । पर्यटकका लागि ५५ वटा घरलाई तोकेर 'होम स्टे'को ब्यवस्था मिलाईएको छ । ओछ्यानबाटै सूर्योदय साथै र्सर्ूयस्तको मनोरम दृश्य अवलोकन गर्न सकिने

घलेगाउँमा आरामदायी सौर्य बिजुलीको उज्यालोमा सुत्ने कोठा, शौचालय, नुहाउनको लागि बाथ रुम र जाडो तथा गर्मीयाममा नुहाउन र्सार्वजनिक नुहाउने घरको व्यवस्था छ । परालको गुन्द्री माथि गाउँमै बरुवाल भेडाको उनबाट बुनेको राडी र गलैंचामा पलेटी मारेर बस्दा पारिवारिक वातावरणमा रहेको अनुभव हुने पर्यटकहरु वताउँछन् । घलेगाउँमा बिदेशी भन्दा स्वदेशीलाई मेनु ३० देखि ४० प्रतिशत सस्तो बनाइएको छ । पाहुनाको बर्साई बढाउन र गाउँको सुन्दरतका लागि घलेगाउँको डाँडामा पार्क र भ्यू टावर वनाइएको छ ।
घलेगाउँ पुग्नका लागि धेरैवटा बाटाहरु छन् । काठमाडौंवाट तनहुँको डुम्रे हुँदै लमजुङ सदरमुकाम बेसीशहरसम्मको मोटरयात्रापछि पदयात्रा गर्ने पर्यटकहरु ७ घण्टामा सजिलै घलेगाउँ पुग्न सकिन्छ । बेसीशहरबाट बाग्लुङपानी हुँदै, बेसीशहरबाट खुदी सिम्पानी भलामचौर हँंदै र बेसीशहरबाट खुदी घनपोखरा हुँंदै पनि घलेगाउँ पुग्न सकिन्छ । अहिले सदरमुकाम वेसीशहरवाट घलेगाउँको वेसी तस्यूसम्म मोटर पुगेका कारण १५ मिनेटमात्रै हिँडेर पनि घलेगाउँ सजिलै पुग्न सकिन्छ ।
Posted on:April 23, 2009, 4:52 am
No comments:
Post a Comment