Thursday, May 19, 2011

लमजुङको पर्यटकीय गाउँ भजुङ 'लोडसेडिङ' मुक्त

आश गुरुङ 'प्रतीक'
लमजुङ, पुस २८ गत- सरकारले बढाएको लोडसेडिङ समयावधिले गर्दा अहिले उद्योगधन्दाहरु धमाधम बन्द हुने अवस्थामा छन् । लोडसेडिङकै कारण सरकारी तथा गैरसरकारी कार्यालय र हरेक क्षेत्रले आफ्ना कामकार्वाहीमा घाटा ब्यहोर्नु परेको छ । लोडसेडिङका कारण सवै क्षेत्र हैरान परेको वेला लमजुङको पर्यटकीय गाउँ भुजुङका वासिन्दा भने उज्यालोमुनि वसिरहेका छन् । उनीहरुलाई न लोडसेडिङको चिन्ता छ, न आफ्नो कामकार्वाही नभ्याउनेको । गाउँमा कुनैपनि वेला बिजुलीको लाईन जाँदैन अर्थात चौविसै घण्टा विजुली निरन्तर बलिरहन्छ ।
भुजुङका स्थानीयवासिन्दाले आफ्नै सक्रियतामा गाउँमा नै बिजुली निकालेपछि उनीहरुले लोडसेडिङको कुनै समस्या झेल्नुपरेको छैन । विकासका लागि आफ्नो श्रम र सीपलाई सदुपयोग गरेका स्थानीयवासिन्दाले ९ वर्षेखि लगातार विजुलीको उपभोग गर्दै आएका छन् । उनीहरुलाई अहिले लोडसेडिङको कुनै चिन्ता छैन, ढुक्कसंग आफूले चाहेको समयमा चाहेकै काम गर्न समेत भ्याएका छन् ।
शहरबजारको लोडसेडिङ भुजुङ गाउँको लागि नयाँ र नौलो विषय बनेको छ । यदाकदा संचारमाध्यममा सुनेने लोडसेडिङ शब्द उनीहरुले शहरबजार झरेपछिमात्र ब्यापक रुपमा सुन्ने गर्छन् । 'गाउँमा लोडसेडिङको न कुनै चर्चा छ न यसको चिन्ता नै' भुजुङ गाविसका निवर्तमान अध्यक्ष नारायणबहादुर गुरुङ भन्छन्, 'शहरबजार झरेपछि कहिले गाउँ फकौँ झै लाग्छ, नभई नहुने काम परेर मात्रै शहर झरेको हुँ ।'
लोडसेडिङले गर्दा सानोतिनो कुरामा पनि र्सवसाधारणले निकै हैरानी ब्यहोर्नु परेको छ । घरायसी कामदेखि लिएर ब्यबहारिक कार्यसमेतमा नकरात्मक असर परिरहेको छ । 'शहरबजारमा आएपछि बिजुलीको मुख देख्न धेरै गाह्रो' भुजुङ लघु-जलविद्युत आयोजनाका ब्यवस्थापक तुलबहादुर गुरुङ भन्छन्, 'शहरमा विजुली गएको वेला गाउँमा झिलिमिली भईरहन्छ, हरेक क्षेत्रका ब्यक्तिहरुले फाईदा लिईरहेका हुन्छन् ।' शहरबजारमा लोडसेडिङ भईरहेका वेला गाउँमा आएर गर्न मिल्ने कामहरु भए भुजुङमा आएर गर्न समेत उनले सल्लाह दिएकाछन् । र्
पर्यटकीय गाउँको नामले ख्यात्रि्राप्त भुजुङ गाउँका वासिन्दाले कुनै समय यसरी पनि जीवन गुजारेका थिए, कसैले समेत सोँच्न सकेका थिएनन् । पानसको भरमा काम गरिरहेका स्थानीयवासिन्दा बिजुलीको झिलिमिलिमा बस्न पाएपछि ज्यादै खुसी भएका भुजुङ आमा समूहकी अध्यक्ष बालकुमारी गुरुङ वताउँछिन् । उनका अनुसार बिजुली बलेपछि सवैभन्दा सजिलो गृहिणी र विद्याथीलाई भएको छ । अहिले भुजुङ गाउँका चारसय भन्दा बढी घरधुरीहरुमा चौविसै घण्टा विजुली बलिरहन्छ ।
एउटै गाउँ र एउटै गाविसले परिचित भुजुङमा २०५६ सालको साउन महिनादेखि विजुली बलेको हो । आफ्नै श्रमदान र विभिन्न ठाउँबाट सहयोग जुटाएर गाउँकै मिदिमखोलावाट उनीहरुले ८० किलोवाट क्षमताको विजुली निकालेका हुन् । १ करोड १९ लाख ३४ हजार ६ सय ३२ रुपयाँको लागतमा निर्माण भएको भुजुङ लघु जलविद्युत आयोजना निर्माणका लागि टोकासीमा नेपाल फ्रेन्डसीप एशोसियसन जापानले ७१ लाख, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना -एकयाप) ले प्राविधिक सहयोग पुर्‍याउनुका साथै ५ लाख रुपैया, भुजुङ गाविसले १० लाख ७६ हजार २ सय ६३ सहयोग गरेको थियो । दाताहरुले दिएको सहयोगवाट निर्माणकार्य आधाकल्सो भएपछि स्थानीयवासिन्दाले कृषि विकास बैंक लमजुङवाट २१ लाख रुपैया ऋण लिएका थिए । तर, स्थानीयवासिन्दाले दुईवर्षअघि नै सवै ऋण चुक्ता गरिसकेका छन् । विजुली निकाल्नका लागि ११ लाख ५८ हजार ३ सय ६९ रुपैँया गाउँको आमासमूह, युवा क्लबले केहीमात्रामा सहयोग गरेका थिए भने स्थानीयवासिन्दाले निःशुल्क श्रमदान गरेका थिए ।
लमजुङको उच्चभेगमा पर्ने ग्रामीण बस्तीमा बिजुली बलेको संभवत यो नै पहिलोपटक हो । पहिलोपटक विजुली बाल्न सफल भुजुङका वासिन्दाले शहरबजारमा लोडसेडिङ भईरहेको वेला आफ्नो गाउँलाई लोडसेडिङ मुक्त नमुना गाउँको परिचय दिन सफल भएका छन् ।

No comments:

Post a Comment