आश गुरुङ 'प्रतीक'
लमजुङ, पुस २९ गते ।
अज्ञात समुहद्वारा हत्या गरिएका जनकपुरका पत्रकार उमा सिंहलाई शहीद घोषणा गर्न लमजुङका पत्रकारहरुले माग गरेका छन् ।नेपाल पत्रकार महासंघ लमजुङ शाखाद्वारा आज मंगलवार आयोजना गरिएको शोकसभामा लमजुङका पत्रकारहरुले यस्तो माग गरेका हुन् ।
लमजुङको सदरमुकाम वेसीशहरको नारायणस्थानमा आयोजना गरिएको शोकसभामा नेपाल पत्रकार महासंघ लमजुङ शाखाका उपाध्यक्ष श्रीकृष्ण लामिछाने, कार्यबहाक सचिब नवीनराज कुइँकेल, साप्ताहिक-पाक्षिक सञ्जालका केन्द्रीय सदस्य कृष्णभगवान श्रेष्ठ, प्रेस चौतारीका अध्यक्षर् इश्वर पाण्डे, क्रान्तिकारी पत्रकार संयोजक वासुदेव थापा, प्रेस युनियनका रामजी राना, महिला पत्रकार कमला केसी लगायतले वोलेका थिए । उनीहरुले पत्रकारहरुको सुरक्षा दिन नसकेकोमा सरकार र गृह प्रशासनको चर्को आलोचना गरेका थिए ।
जनकपुरस्थित रेडियो टुडेका समाचारबाचिका तथा स्वतन्त्र लेखिका समेत रहेकी सिँहको हत्याको विरोधमा लमजुङस्थित संचारकर्मी तथा अधिकारकर्मीहरु प्रर्दशन समेत गरेका थिए ।
तस्वीरमा नेपाल पत्रकार महासंघ लमजुङद्वारा सदरमुकाम वेसीशहरमा आयोजना गरेको शोकसभामा पत्रकार उमा सिंहको तस्वीरमा माल्यार्पण गर्दै एक पत्रकार ।
तस्वीरः आश गुरुङ 'प्रतीक'
Posted on:January 13, 2009, 4:36 am
No comments:
Post a Comment