आश गुरुङ 'प्रतीक'
लमजुङ, जेठ ८ गते - पानीको मात्रा कम भएका कारण अझैपनि दैनिक ८ घण्टा लोडेसेडिङ भईरहेको वेला लमजुङमा संचालित ७० मेगावाटको मध्यमर्स्याङ्दी जलविद्युत परियोजनमा भने पानीको मात्रा बढी भएको छ । हिउँदामा पानीको मात्रा कम भएपछि १५ मेगावाटमा सीमित मध्यमर्स्याङ्दी जलविद्युत परियोजनमा लोडसेडिङ र दैनिक हुने गरेका वर्षाका कारण पानीको मात्रा बढी

नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयमा रहेको 'लोड डिस्प्याचिङ सेन्टर' को माग अनुसार परियोजनाको विद्युत क्षमता थपघट गराउनुपरेकाले ड्यामबाट दैनिक पानी फाल्नुपरेको मध्यमर्स्याङ्दी जलविद्युत परियोजनाका प्रशासकीय अधिकृत लोकप्रसाद नेपालले जानकारी दिनुभएको छ । दुर्इमहिनादेखि निरन्तर संचालित दुर्इवटा र्टवाइनवाट अहिले लोडसेडिङलाई मध्यनजर गरि दैनिक ४५ देखि ७० मेगावाट सम्म उत्पादन गरिएको परियोजनाले जनाएको छ । पुरै क्षमतामा विद्युत उत्पादन गरिँदा पनि पानीलाई ड्यामबाट पठाउनुपर्ने र ४५ मेगावाट विद्युत उत्पादन गरिँदा एक तिहाई पानीलाई ड्यामबाट फाल्नुपर्ने अवस्था रहेको समेत परियोजनाले जनाएको छ ।
लमजुङ र मनाङको उच्च भेगमा परेको हिमपात र बर्षाका कारण मर्स्याङ्दी नदीमा पानीको मात्रामा बढेपछि गत चैत महिनादेखि मध्यमर्स्याङ्दी परियोजनाको दुर्इवटा टवाईन संचालनमा आएको थियो । खडेरीका कारण पानीको संकट परेपछि १५ मेगावाटमा सीमित भएको मध्यमर्स्याङ्दी जलविद्युत परियोजनावाट यसअघि 'पिक आवर' मा पुरै ७० मेगावाट र अन्य समय ३५ मेगावाट विद्युत उत्पादन हुँदै आएको थियो । लोडसेडिङ र विद्युत खपतको समयलाई मध्यनजर गरि साँझ ७ देखि १० बजेसम्म र विहान ७ देखि ९ बजेसम्मको ५ घण्टा समयमा पुरै क्षमताको विद्युत उत्पादन गर्न थालिएकोमा हाल समयसीमा र उत्पादन क्षमता 'लोड डिस्प्याचिङ सेन्टर' अनुसार हुने गरेको परियोजनाको भनाई छ । र्
जर्मन दातृ निकाय केएफडब्ल्यूको ८० तथा नेपाल सरकार र नेपाल विद्युत प्राधिकराणको २० प्रतिशत लगानीमा निर्मित परियोजनाको गत मंसिर २९ गते नेपाल र जर्मन सरकारको दौत्य संवन्धको स्वर्ण जयन्तीको अवसरमा उद्घाटन गरिएको थियो । सन् २००१ देखि निर्माणकार्य शुरु भएको परियोजना १३ अर्ब ६५ करोड लागतमा सन् २००४ को अन्त्य सम्ममा निर्माणकार्य सम्पन्न गर्ने लक्ष्य राखिएकोमा लागत तेब्बर पुगेको छ भने समयावधी दोब्बर अर्थात सन् २००८ मा मात्रै पुरा भएको छ ।
Posted on:May 22, 2009, 12:14 am
No comments:
Post a Comment