Tuesday, May 31, 2011

लमजुङ कारागार महिला पियनको भरमा

आश गुरुङ 'प्रतीक'
Lamjung ma Bandi haru basdaiलमजुङ, असार २० गते - क्षमताभन्दा बढी बन्दी रहेको लमजुङ कारागार अहिले पियनको भरमा संचालित छ ।
कारागारमा सुब्बा, खरिदार र लेखापालको दरबन्दी वर्षौँदेखि खाली रहेका र निमित्त प्रमुख नेत्रराज अधिकारी पनि एकमहिनादेखि विभागीय कर्वाहीमा परेका कारण कारागार पियनले चलाउँदै आएको छ ।


खरिदार पदका अधिकारीले करीब आठवर्षअघिदेखि कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्दै आएपनि उनी नियमित उपस्थित नहुने र भएपनि मदिरा सेवन गरि आउने गरेकाले अधिकारीलाई विभागको निर्देशनअनुसार कारागारवाट हर्टाईएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेलले वताउनुभयो ।


कारागारमा जिम्मेवार ब्यक्ति कोही नभएपछि बन्दीहरुको सेवा सुविधा, तालिम, सुरक्षा तथा कानुनी र प्रशासकीय काममा बाधा पुगेको छ । दरबन्दीका कर्मचारी पर्ठाईदिन पटकपटक माग गर्दापनि संवन्धित निकायले कुनैपनि सुनुवाई नगरको प्रजिअ पोखरेलले वताउनुभयो । कारागारको समस्या सामाधानका लागि जिल्ला प्रशासन कार्यालयले एकमहिना यता प्रशासनका सुब्बा तिर्थ अधिकारीलाई कारागारको कामकार्वाही हेर्ने जिम्मा दिएको छ । तर, दोहोरो काम हेर्नुपर्ने भएकाले समस्या भएको प्रजिअ पोखरेलको भनाई छ । कार्वाहीमा परेका नेत्रराज अधिकारीलाई कारागारवाट हटाएर जिल्ला प्रशासनमा बोलाईएको छ । तर अहिलेसम्म एकदिनपनि उपस्थित नभएको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ ।


२५ जना क्षमताको जिल्ला कारागारमा अहिले दुर्इ महिलासहित ३८ जना बन्दीहरु छन् । यसअघि ३१ जना रहेकोमा नयाँ दुर्इजना थपिएको र तनहुँवाट पाँचजना ल्याईएपछि बन्दीहरुको संख्या ३८ पुगेको हो । क्षमता भन्दा बढी बन्दी भएपछि अहिले सुत्नदेखि शौचालय जाँदा धेरै समय कुर्नुपरेको बन्दीहरुले वताएकाछन् ।

Posted on:July 3, 2009, 10:46 pm

No comments:

Post a Comment