आश गुरुङ 'प्रतीक'
तस्वीर सौजन्यः प्रेम गुरुङ
लमजुङको पर्यटकीय गाउँ सिउरुङमा शतप्रतिशत छायांकन गरिएको चलचित्र छायांकन शुरु भएको १५ दिनमा नै पुरा भएको छ । विशुद्ध गुरुङ भाषा, कला र संस्कृतिमा आधारित चलचित्र 'आक्रादो' को छायांकन बैशाख २५ गते शुरु भएर गत शुक्रवार सकिएको छ । कथा, पटकथा र गीति छायांकन साथै आउटडोर र्रर् इनडोर सवै छायांकन सकिएको गुरुङ चलचित्र 'आक्रोदो' ले गुरुङ समाजमा भएगरेका घटना तथा कलासंस्कृतिलाई उजागर गर्न खोजिएको छ । सामाजिक र मायाप्रेममा आधारित चलचित्र 'आक्रोदो' मा 'सुखमा नमात्तिने र दुःखमा नआत्तिनेु कथनलाई यथार्थ चित्रण गरिएको निर्देशक भोजबहादुर गुरुङले जानकारी दिएको छ ।
मुनाल फिल्म प्रालि पोखराको चौथो प्रस्तृति रहेको चलचित्र 'आक्रोदो' मा रोएर कुनैपनि कार्य सफल नहुने र जस्तो सुकै दुःख-कष्टलाई सहेर जीवनसंग संर्घष् गरेमा सफलता हातपार्ने सन्देश दिईएको छ । मायाको चिनोको रुपमा दुम्सीको काँडाद्वारा बनाईएका माला कहिल्यै पनि पुरानो नहुने र सदा अमर रहनेलगायतका नयाँ स्वाद दिईएको छ । दैनिक जनजीवनहरु चलचित्रको पर्दामा भन्दा धेरै फरक हुने भएकाले गुरुङ समाजका लवाईखवाई र रहनसहनलाई जस्ताको तस्तैु उतारिएको चलचित्रका नयाक लिल गुरुङले वताए । चलचित्रमा विद्यामान विदेशिने क्रमलाई रोक्न खोज्नुका साथै समाजले नचाहँदा नचाहँदै पनि 'धनभन्दा मन ठूलो' भन्ने मान्यतालाई प्रमाणित गरेको छ । गुरुङ गाउँ त्यै पनि पर्यटकीय दृष्टिकोणले महत्वपूण् मानिएको सिउरुङमा चलचित्रको छायांकन धोको पुरा भएको स्थानीय समाजसेवी उमरबहादुर गुरुङको भनाई छ । चलचित्रमा केटीपक्षका तर्फाट लमजुङ भीरपुस्तुन र केटापक्षका तर्फाट सिउरुङ गाउँबीचको संबन्ध कायम गरिएको छ भने सती घाँटूको वारेमा चिनारी पनि गरिएको छ ।

चलचित्रमा नायकको रुपमा लिल गुरुङ र नायिकको रुपमा वसन्ती गुरुङले अभिनय गरेकाछन् । अन्य कलाकारहरुमा कुविना गुरुङ, लोक गुरुङ, खुसी गुरुङ, चुन्द्रा गुरुङ लगायत छन् । चलचित्रमा ढकेन्द्र गुरुङ र प्रिया गुरुङको संगीत रहेको छ भने खिम गुरुङले चलचित्रलाई छायांकन गरेकाछन् । नायक लिल गुरुङकै कथा रहेको गुरुङ चलचित्र 'आक्रोदो' मा थमन गुरुङले नृत्य निर्देशन गरेकाछन् भने लिल गुरुङले नै चलचित्र निर्माण गरेकाछन् ।
सैँ न्होर्वे म्रुँस्यो -हृदयकी रानी०, ङै ङ्हो -मेरो भाग्य०, टोरा -टुहुरो०को अपार सफलता पछि निर्माण गरिएको चलचित्र 'आक्रोदो'को कथावस्तु अन्य चलचित्रभन्दा भिन्न रहेकाले चलचित्रलाई दर्शकले अत्याधिक रुपमा रुचाउने अपेक्षा गरिएको छ ।



Posted on:May 24, 2009, 12:11 am
No comments:
Post a Comment