Thursday, May 19, 2011

नयाँ गाउँका वासिन्दा झन् नयाँ बनाउन कस्सिए

आश गुरुङ 'प्रतीक'
लमजुङ, माघ ३ गते ।
Nayan gaunलमजुङको उदीपुर गाउँ विकास समितिस्थित नयाँ गाउँका स्थानीयवासिन्दा अहिले गाउँलाई नमूना बनाउन जुटेका छन् ।
उदीपुर गाविसको गुरुङ गाउँ भनेर चिनिने वडा नं. ७ र ८ नयाँगाउँका वासिन्दा गाउँलाई नमूना बनाउनका लागि संगठित रुपमा स्वास्थ्य, शिक्षा र कलासंस्कृतिको जगेर्ना गर्न कम्मर कसेर लागिपरेकाछन् ।
सरसफाई विना गाउँमा परिवर्तन्न नआउने भएकले पहिलो प्राथामिकताका साथ स्थानीयवासिन्दाले साप्ताहिक रुपमा गाउँमा सरसफाई अभियान चलाएकाछन् । स्थानीय रुपमा गठित क्र्होँमैँ टोल सुधार समितिको सक्रियतामा नयाँ गाउँमा सरसफाइ देखि साक्षरता कक्षासम्म शुरु भएको छ । गाउँमा हरेक शनिवार शनिवार सरसफाइ हुने गरेको छ । गाउँका प्रत्येक घर अनिवार्य रुपमा सरसफाइमा जुटेकाछन् । स्वस्थ जीवनका लागि सरसफाई प्रमुख आधार भएकाले गाउँमा सरसफाइ अभियान सञ्चालन गरिएको समितिका उपाध्यक्ष विकास गुरुङले वताउनुभयो । उनका अनुसार सरसफाइका लागि वालवालिकादेखि बृद्धबृद्धासम्म सवै जुटेका र उल्लेख्य सहभागीता रहने गरेको छ ।
टोल सुधार समितिले गाउँका महिलाहरुका लागि प्रौढ शिक्षा कक्षा सञ्चालन गरेको छ । मेलापात तथा घरधन्दाको काम सकिएपछि गाउँका महिलाहरु गाउँमा सञ्चालित साक्षरता कक्षामा सहभागी हुन्छन् । अहिले गाउँका २४ जना महिलाहरुले साक्षरता कक्षा लिइरहेका छन् । पढ्ने लेख्ने उमेरमा पढ्न लेख्न नपाएका उनीहरु ढिलै भए पनि साक्षर बन्न पाएकोमा आफूहरु निकै खुसी भएको नानीकुमारी गुरुङ वताउँछिन् ।
समितिले गाउँका स्कूले विद्यार्थीहरुका लागि अतिरिक्त कक्षा समेत सञ्चालन गरको छ । बालबालिकाहरुले विद्यालयमा नबुझेका पाठ दोहोर्�याएर उनीहरुले बुझने तरिकाले पढाउने र उनीहरुको गृहकार्यमा सहयोग गर्ने उद्देश्यले कक्षा सञ्चालन गरिएको समितिले जनाएको छ । अहिले गाउँका ६५ जना वालवालिका अतिरिक्त कक्षा पढ्न जाने गरेका छन् । अतिरिक्त कक्षाले पढाइमा निकै सहयोग पुगेको कक्षा ५ मा अध्ययनरत लक्ष्मी गुरुङ बताउँछिन् ।
स्थानीयवासिन्दालाई जिल्लामा भएगरेका समसामयिक घटना साथै विविध विषयमा जानकारी दिनका लागि गाउँकै र्सार्वजनिक ठाउँमा पत्रपत्रिका टाँस्ने काम समेत भएको छ । जिल्लावाट प्रकाशित हुने पत्रिकालाई सदरमुकाम वेसीशहरवाट खरिद गरि सामुहिक भवनमा टाँसेर स्थानीयवासिन्दालाई विविध विषयमा जानकारी गराएकाछन् । करीब ४० घरधुरी गुरुङ समुदाय रहेको नयाँ गाउँका स्थानीयवासिन्दा गुरुङ कला, संस्कृति र रीतिरीवाज जोगाउन समेत लागिपरेकाछन् । उनीहरुले साप्ताहिक रुपमा घाँटू, सोरठी, चुड्का, कृष्णचरित्र लगायतका मौलिक नृत्यहरु सिक्दै र सिकाउँदै पनि आएकाछन् ।

Posted on:January 16, 2009, 12:51 am

No comments:

Post a Comment