तस्बिरहरु
आश गुरुङ 'प्रतीक'
लमजुङ, फागुन २९ गते - माओवादी सम्बद्ध अखिल नेपाल टे्रड युनियन महासंघ जिल्ला समिति लमजुङले आज विहीवारदेखि गरेको अनिश्चीतकालीन लमजुङ बन्द साँझ ५ बजेवाट फिर्ता लिएको छ । टे्रड युनियन महासंघले अध्यक्ष शम्भू लाल श्रेष्ठ सहित ८ जना माओवादी संवद्धमाथि मंगलबार युथफोर्सद्वारा कुटपिट भएकोमा घटनाका दोषीलाई तत्काल पक्राउ गरि कार्वाही गर्नुपर्ने माग राख्दै लमजुङ बन्द गराएका थिए । एकीकृत माओवादी नेतृत्वको आग्रह र यात्रुहरुलाई मध्यनजर गरि बन्द स्थगित गरिएको ट्रेड युनियनद्वारा जारी विज्ञप्तिमा जनाईएको छ । विज्ञप्तिमा आज विहिवारको बन्द सफल पारेकोमा ट्रेड युनियनले धन्यावाद पनि दिएको छ ।
विहिवार गरिएको लमजुङ बन्दका कारण सदरमुकाम वेसीशहर, भोटेओडार, सुन्दरबजार लगायतका शहरहरुका साना उद्योग तथा पसल साथै शैक्षिक संस्थाहरु खुलेनन् । त्यस्तै लामो तथा छोटो दुरीका सवारी साधन बिहानैबाट नचलेपछि गन्तब्यतर्फहिँडेका यात्रुहरु अलपत्र परेका थिए ।
लमजुङ बन्दका क्रममा सुनसान रहेको वेसीशहर बजारको तस्बिरहरु । फोटो - आश गुरुङ 'प्रतीक'








Posted on:March 11, 2009, 10:15 pm
No comments:
Post a Comment