Thursday, May 19, 2011

हत्या अभियोगका नाबालक सुधारगृहमा

आश गुरुङ 'प्रतीक'
लमजुङ, माघ ११ गते ।
वालअधिकार संवन्धी महासन्धी विपरित लमजुङ जिल्ला अदालतको आदेशमा कारागारमा राखिएको एक १२ बषिर्य दलित नावालकलाई बाल सुधार गृहमा पठाईएको छ ।
हत्याको अभियोग लागेका लमजुङको घनपोखरा गाउँ विकास समिति वडा नं. ५ का आईतबहादुर विश्वकर्मालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय कानुनविपरित कारागारमा राखिएको समाचार संचारमाध्ययममा आएपछि पुनारावेदन अदालत पोखराको आदेशमा भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहमा पर्ठाईएको छ ।
दशैको नवमीका दिन लमजुङको सिम्पानी गाउँ विकास समिति वडा नं. ८, पामचोकमा भएकोर् इश्वर भण्डारीको हत्यामा संलग्न भएको भन्दै उनलाई कर्तब्य ज्यान मुद्दा अन्तरगत लमजुङ जिल्ला अदालतले कारागार पठाएको थियो । मंसिर ८ गते लमजुङ जिल्ला अदालतको आदेश अनुसार उनी पर्ुपक्षका लागि थुनामा पठाइएका विश्वकर्माको मुद्धा लमजुङ जिल्ला अदालतमा विचाराधिन रहेको छ । उनीसंगैका अन्य अभियुक्तहरु कोही कारागारमा छन् भने कोही तारेखमा छुटेका छन् ।
घनपोखराको त्रिभुवन माध्यमिक विद्यालयमा कक्षा ३ मा पढ्दै गरेका विश्वकर्मालाई अदालतले प्रहरी रिपोर्ट बमोजिम कारागार चलान गरेको थियो । प्रहरी रिपोर्टमा उनी १३ देखि १४ वर्षभएको दावी गरिएको छ । उनको यकिन उमेर थाह नभएपनि विद्यालयले १३ वर्षपनि उमेर नपुगेको सिफारिस गरेको थियो । तर, गाविसले भने १४ वर्षभएको सिफारिस गरेको थियो । उमेर आधिकारीक नभएपनि कानुनतः आधिकारीक बनाउनका लागि लमजुङ जिल्ला सामुदायिक अस्पतालले उनको उमेर १३ देखि १४ वर्षो प्रमाणपत्र दिएको थियो ।
वालअधिकार संवन्धी महासन्धी १९८९ र वालवालिका संवन्धि ऐन २०४८ ले १६ वर्षमुनिका वालवालिका कारागारका अन्य बन्दीसंग राख्न नहुने स्पष्ट गरेको छ । २०४८ को दफा ५० मा कुनैपनि नावालकमाथि कुनै कसुरको अभियोग लागेमा निजका बाबुआमा, संरक्षक, नातेदार वा वालवालिकाका हक हितको क्षेत्रमा काम गर्ने कुनै सामाजिक संस्था वा वाल सुधार गृहमा जिम्मा दिनुपर्ने उल्लेख छ । त्यस्तै, दफा १५ मा कनैपनि वालकलाई नेल, हतकडी लगाउन, एकान्त, कारावासमा राख्न वा कुनै अपराध गरेर कैद सजाय पाएका उमेर पुगेका बन्दीका साथ राख्न नहुने भनिएको छ ।
नावालकलाई कारागार राखिएको विषयमा मानअधिकारवादी संस्था इन्सकेका लमजुङ प्रतिनिधि कृष्णप्रसाद अधिकारी, लमजुङ बाल संरक्षण अधिकृत नवीनचन्द्र घिमिरे लगायतले विरोध गरेका थिए । लमजुङमा १२ वर्षो नावालक अन्य बन्दीसंगै जेलमा राखिएको संभवतः यो पहिलो घटना हो ।

No comments:

Post a Comment