Thursday, May 19, 2011

सवैभन्दा ठूलो कक्षामा सवैभन्दा सानो कक्षाको पढाई

आश गुरुङ 'प्रतीक'
लमजुङ, पुस २७ गते ।
तपाईलाई अचम्म लाग्न सक्छ, सवैभन्दा ठूलो कक्षाको विद्यार्थी सवैभन्दा सानो कक्षाको पाठ्यपुस्तक पढ्छन् भन्ने सुन्दा । तर, सत्य यही हो, लमजुङका ग्रामीण भेगका विद्यालयमा यस्ता उदाहरणहरु भेटिन्छन् ।
उत्तरी लमजुङको बाहुनडाँडा गाउँ विकास समितिको विकट क्षेत्रमा एउटा प्राथमिक विद्यालय छ । जहाँ १ देखि ३ कक्षा सम्मको पठनपाठनका लागि सरकारले स्वीकृति दिएको छ । त्यही विद्यालय जहाँ कक्षा २ र ३ का विद्यार्थीपनि कक्षा १ का पाठ्यपुस्तक पढ्न बाध्य छन्, यो बाहुनडाँडा गाविस वडा नं. १, डहरेस्थित हिमालयन प्राथामिक विद्यालयको कुरा हो ।
कक्षा ३ मा ११ वषिर्या एकजना छात्रा खोरना तामाङ छन् । कक्षा २ मा पनि एकजना छात्रामात्रै रहेको छ । कक्षा १ मा भने ६ जना विद्यार्थी छन् । उनीहरु सवै कक्षा १ को पाठ्यपुस्तक एउटै कोठामा वसेर पढ्छन् । 'विद्यालयमा शिक्षक र विद्यार्थी संख्या थोरै भएर यसरी पर्ढाईको पनि होईन' विद्यालयका प्रधानाध्यपाक लोकनाथ घिमिरले भने, 'कक्षा २ र कक्षा ३ का विद्यार्थीले पढ्दै आउँदैन, त्यसैले एउटै कक्षामा राखेर १ कक्षाको पाठ्यपुस्तक पढाएको हुँ ।' उनले यसअघिका शिक्षकहरुले नजान्दा नजान्दै पनि विद्यार्थीलाई कक्षा उत्तीर्ण गराएको आरोप लगाए । उनी २०६५ जेठदेखिमात्र विद्यालयमा आएकाले यसवारे खासै थाह नभएको उनको भनाई छ ।
प्रधानाध्यपाक घिमिरेका अनुसार कक्षा १ का विद्यार्थीले परीक्षा उत्तीर्ण गरेमा ३ कक्षाको विद्यार्थी हुन्छ र उसलाई कक्षा १ कै पाठ्यपुस्तक पर्ढाईन्छ । यदि कक्षा ३ कै पनि फेल भएमा उ कक्षा ३ कै विद्यार्थी हुन्छ र एक कक्षाको पाठ्यपुस्तक पर्ढाईन्छ । यसअनुसार कक्षा २ र ३ का विद्यार्थीलाई पनि १ को पाठ्यपुस्तक पढाउने भएकाले १ को परीक्षा पास भएमात्र उ कक्षा १ मा पुग्छ । पढ्नै नजान्ने विद्यार्थीलाई ठूलो कक्षामा राखेरमात्र केही नहुने प्रधानाध्यापक घिमिरेको भनाई छ । उनका अनुसार ठूला कक्षाका विद्यार्थीलाई अभिभावकको सहमतिमा सानो कक्षाको पाठ्यपुस्तक पर्ढाईएको हो ।
लमजुङ सदरमुकाम वेसीशहरवाट निकै टाढा भएका कारण श्रोत ब्यक्ति र विद्यालय निरीक्षकहरु विकटमा रहेका विद्यालयमा पुग्न सकेका छैनन् । त्यसो त कहिले बन्द हुने र कहिले खुल्ने गरेको सो विद्यालयलाई शिक्षा कार्यालय र संवन्धित निकायले वास्ता नगरेको स्थानीयवासिन्दाको गुनासो छ । यसवारेमा निमित्त जिल्ला शिक्षा अधिकारी देवेन्द्रराज खनालले कक्षा उकालेर तल्लो कक्षाको पाठ्यपुस्तक पढाएको जानकारी आफूलाई नआएको वताए । यस्तो कार्य गरेको थाह पाएमा विद्यालयका शिक्षकहरुलाई कार्वाही गरिने उनको भनाई छ ।
सदरमुकाम वेसीशहरवाट साँढे १ दिन लाग्ने डहरेको हिमालयन प्रावि त एउटा उदाहरणमात्रै हो । लमजुङका विकट ग्रामीण क्षेत्र र कसैको पनि पहुँच नपुगेका अन्य विद्यालयमा पनि यस्ता क्रियाकलापहरु प्रशस्तै भेटिन्छन् । विद्यालयका यस्ता क्रियाकलापले विद्यार्थीको मनोविज्ञानमा नकरात्मक असर पर्छ र यसको प्रभाववाट अभिभावक समेत अछुतो रहन सक्दैन । सरकारी विद्यालयका यस्ता गतिविधिले आफैँ माथि प्रश्न चिन्ह खडा गरेको छ र यसका लागि संवन्धित निकायले वेलैमा सोँच्न जरुर छ ।

No comments:

Post a Comment