आश गुरुङ 'प्रतीक'

नयाँ नेपालको आधार, बनौ सबै स्वरोजगार भन्ने नाराका साथ सरकारले विशेषगरि पशुपालन, घरेलु उद्योग, कृषि, वन्यजन्य उद्योग सेवामूलक व्यवसाय गर्न चाहाने वेरोजगार युवा युवतिहरुको निम्ति विना धितो ऋण उपलब्ध गराउने घोषणा गरेको छ ।

फागुनको १ गतेदेखि फागुन मसान्त सम्मको लागि स्वरोजगार फारम भर्ने म्याद भएतापनि लमजुङमा भने धेरैले थाहा नपाएका कारण गत विहिवारदेखि मात्र फारम भर्न थालेका हुन् । फारम भर्नेहरुलाई तालिम दिने संस्था लमजुङ उद्योग वाणिज्य संघका अनुसार अहिलेसम्म करीब चारसय जनाले स्वरोजगार फारम भरेका छन् । जसमध्ये २० देखि ६० वर्षउमेर सम्मका र्सवसाधारणले यो फारम भरेकाछन् । फारमका लागि इन्टरनेटवाट दर्ता नम्बर लिनुपर्ने भएकाले दर्ता गर्नकै लागि इन्टरनेटमा लामबद्ध भएर र्सवसाधारणको भीड लागेको सदरमुकाम वेसीशहरस्थित सृष्टि कम्प्यूटर र्इन्स्टियूट तथा फस्टर्टाईम र्साईवरका संचालक श्रीकृष्ण लामिछानेले वताए ।
सरकारले आँफै उद्यम व्यावसाय गरेर स्वरोजगार बन्न चाहानेलाई २ लाख रुपैयासम्मको ऋण ६० प्रतिशत कम व्याजमा दिने भएको छ ।
No comments:
Post a Comment