आश गुरुङ 'प्रतीक'

काम गर्दा पनि 'बाचा' गर्नुपर्छ - पर्छ तर, दुर्इ महिनाको लागि । निकै जोखिमपूर्ण काम पनि गर्नुपर्छ घामापानी नभनि । असारको मेलो बाँझै छाडिए जमिनले सराप्छ भन्ने मान्यता ग्रामीण भेगमा अझैपनि छ । त्यसैले त असारको रोपाइँकार्य गर्न स्थानीयवासिन्दा 'बाचा' गरेर मात्रै मेला थाल्छन् ।
लमजुङको विकट अनि पर्यटकीय गाउँ भुजुङका वासिन्दा असारको रोपाइँ अर्थात मेलो थाल्नुअघि 'बाचा' गर्छन् । यो चलन प्रायः बुढाबुढीमा भन्दा युवायुवतीहरुमा बढी छ । उनीहरु जेठको अन्तिम साता रोधीँमा जम्मा भएर असार र साउन महिनाभरि संगै काम गर्ने 'बाचा' वाँध्छन र मात्रै असारे मेलो थाल्छन् ।
'बाचा' अनुसार उनीहरुले असार महिनाको शरुसंगै मेलो थालिसकेकाछन् । १२/१५ देखि ३०/३५ जनाको समूह मिलेर सामुहिक कामका लागि उनीहरु दिनभरि संगै हुन्छन् । रोपाइँपूर्व नै 'बाचा' गरेका किसानहरुले आ-आफ्ना कार्यलाई वीचमै छाडे ठूलो पाप लाग्ने जनविश्वास छ । दिन तथा महिनाभरि संगसंगे काम गरे आत्मीयता बढ्नु त छँदै छ टैँ थेमै फौदा रोधीँ परिवारका जमुना गुरुङ भन्छन्, दौतरी भनेका जिउँदाका जन्ती र मर्दाका मलामी हुन् ।' असारमा रोएमात्र मंसिरमा हाँस्न पाईने उनीहरु वताउँछन् ।

मेलामा जाने समूहलाई भुजुङमा 'हुरि' भनिन्छ । स्थानीय अर्थात गुरुङ भाषामा 'नोगोर' समूहको नाम हो । 'हुरी' अर्थात 'नोगोर' का लागि विवाहवारी भएर घर गएका कतिपय महिलाहरुले दौँतरी नै खोजेर जानुपर्ने हुन्छ भने विवाहित पुरुषहरुले पनि दौतरी महिलाहरु खोज्छन् ।
काम गर्नका लागि मात्र गरिने 'बाचा' रोपाई अवधिभर कसैले पनि वेर्इमानी नगरोस भन्दै गरिने एक प्रकारको सम्झौता हो । यसले एकातिर एकआर्कावीचमा भातृत्वको नाता कायम गराउँछ भने अर्को तर्फकामप्रतिको
रोपाइँ कार्यको लागि टाढा-टाढा तथा विदेशमा भएका स्थानीयवासिन्दा समेत आउने गर्छन् । असारमा काम नगरे कहिले गर्ने भन्दै आएकाहरुलाई आफ्ना दौँतरीहरुले 'नयाँ बल' को संज्ञा दिई पुकार्छन् । नयाँ वल र नयाँ उमंगका साथ धान रोपाइँको लागि गरिएको 'वाचा' रोपाइँ कार्य सम्पन्न पश्चात तोडिन्छ । त्यतिवेला स्थानीयवासिन्दाहरु 'स्यो कैँ' अर्थात भोज खाएर रोपाइँ सम्पन्नको घोषणा गर्छन् भने विभिन्न रमाईलो गरि हर्र्सोल्लासका साथ अन्तिम दिन मनाईन्छ ।
Posted on:June 16, 2009, 12:23 am
No comments:
Post a Comment