Saturday, May 28, 2011

अस्पतालबाट एसएलसी

आश गुरुङ 'प्रतीक'
Lamjung ma sutkeri ama lay slc exam dedaiलमजुङ, चैत १९ गते - लमजुङको सदरमुकाम वेसीशहरस्थित जिल्ला सामुदायिक अस्पतालवाट एक सुत्केरी महिलाले एसएलसी परीक्षा दिएकीछन् ।
चन्द्रेश्वरस्थित सर्वोदय उच्च माध्यमिक विद्यालय केन्द्रबाट परीक्षा दिँदै आएकी गंगा अधिकारीले सुत्केरी भएपछि अस्पतालवाट एसएलसी दिएकीहुन् ।


चन्द्रेश्वर गाउँ विकास समिति वडा नं. २ माईती र बाहुनडाँडा गाविस वडा नं. ५ घर भएकी अधिकारीलाई विशेषकक्षमा राखेर परीक्षाको ब्यवस्था मिलाईएको अस्पतालका निर्देशक धर्मराज गोसाइँले जानकारी दिनुभएको छ ।


१४००११० अल्फाबेट 'जे' भएकी अधिकारीले गत विहिवार विहान नेपाली विषयको परीक्षा दिनुअघि छोरी जन्माएपछि तत्काल स्थानीय चन्द्रेश्वर प्राथमिक स्वास्थ्य केन्द्रमा राखेर परीक्षाको ब्यवस्था मिलाईएको थियो । परीक्षा दिँदादिँदै बच्चाको स्वास्थ्यस्थितिमा समस्या देखिन थालेपछि जिल्ला सामुदायिक अस्पताल ल्याईएको शिक्षा कार्यालयवाट खर्टाईएका कर्मचारी देवराज अधिकारीले वताउनुभएको छ ।


चन्द्रेश्वरस्थित सर्वोदय उच्च माविवाट एसएलसी परीक्षामा सहभागी अधिकारीका लागि दुर्इजना सुरक्षाकर्मी र एकजना कर्मचारी खर्टाईएको छ । अहिले आमाको स्वास्थ्यस्थिति सामान्य रहेको र बच्चा उपचारको क्रममा रहेको अस्पतालले जनाएको छ ।


सर्वोदय उच्च मावि परीक्षा केन्द्रमा १४ जना एक्ज्याम्टेड र एकसय ९७ जना नियमित परीक्षार्थी रहेकोमा एकजना अनुपस्थित रहेको केन्द्राध्यक्ष हरि गौतमले जानकारी दिनुभएको छ ।

Posted on:April 1, 2009, 4:12 am

No comments:

Post a Comment