Saturday, May 28, 2011

मनास्लु हिमालसम्म पदमार्ग खुल्यो

आश गुरुङ 'प्रतीक'
Manasalu Himalलमजुङ, बैशाख १९ गते । ग्रामीण पर्यटनको संभावना बोकेको लमजुङमा पर्ने मनास्लु हिमाल आरोहणका लागि पदमार्ग खुलेको छ ।
तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गतवर्षदेखि हिमाल आरोहणका लागि अनुमति खुल्ला गरेपछि पदमार्ग खुलेको हो । पदमार्गलाई नेपाल पर्वतारोहण संघ र बाह्रथरे पर्यटन विकास समितिले अध्ययन तथा र्सर्भे गरिसककेको छ । पूर्वी लमजुङको पर्यटकीय गाउँ हिलेटक्सारबाट बाह्रपोखरी, कोँम्रोँडाँडा मेमेपोखरी हुँदै मनास्लु बेस क्याम्प पुगेपछि मनास्लु हिमाल आरोहण गर्न सकिन्छ । हिमाल आरोहणका लागि थप एक हप्तासहित तीन हप्ता लाग्ने र दुईहप्तामा मनास्लु बेस क्याम्प पुगेपछि पूर्व घुमेर ईलमपोखरी-राईनासकोट-पाउँदी हुँदै सदरमुकाम वेसीशहर आउन सकिने छ भने मनास्लु बेस ब्याम्पबाट ङादी-भुलभुले हुँदै बेसीशहर आईपुग्ने बाटो तयार भएको छ ।
आठहजार एकसय ६३ मीटरको उचाईमा रहेको मनास्लु हिमालसम्मको पदमार्गलाई स्थानीय वासिन्दाले डा. हर्क गुरुङ अथवा बाह्रथरे डाँडा पदमार्ग नामाङ्ककरण गर्नका लागि प्रस्ताव गरेका बाह्रथरे पर्यटन विकास तथा हिलेटक्सार ग्रामीण पर्यटन ब्यवस्थापन समितिका अध्यक्ष खेमजंग गुरुङले बताउनुभएको छ । मनास्लु हिमाल आरोहण तथा बेश क्याम्प घुम्न जानेका लागि हिलेटक्सारमा होमस्टेको ब्यवस्था समेत मिलाएको गुरुङले वताउनुभयो । हिलेटक्सार जानका लागि सदरमुकाम वेसीशहरबाट पैदल तीन घण्टा र मोटरवाट निर्माणसम्पन्न मध्यमर्स्याङ्दी जलविद्युत परियोजना क्षेत्र फलियासाँघु-चिती हुँदै तीनघण्टामा पुग्न सकिन्छ ।
पदमार्गका विभिन्न ठाउँवाट धौलागिरी, माछापुच्छ्रे, अन्नपूर्ण रेन्ज, लमजुङ, डाक्टर अर्क गुरुङ हिमाल (ङादी चुली-पिक २९), हिमालचुली, बुद्ध लगायतका साढे एक दर्जनभन्दा बढी हिमश्रृङ्खला देख्न सकिन्छ । त्यस्तै, पर्यटकहरुले मौसममा लालीगुराँसदेखि लिएर चाँप, बुकी, सुनफूल लगायतका बास्नायुक्त फूलहरुको अवलोकन गर्न पाउनेछन् । पदमार्ग वरपर रहेका डाँफेमुनालदेखि कस्तुरी, मृग, घोरल, लोपुन्मुख काँडेभ्याकुर लगायतलाई पर्यटकले सजिलै देख्न सक्नेछन् ।
पदमार्गमा पर्यटकका लागि क्याम्पिङ र्साईटहरु पर्याप्तमात्रामा रहेका र ठाउँठाउँमा धर्मशालाहरु पनि भएकाले खासै समस्या नहुने नेपाल पर्वतारोहण संघका केन्द्रीय सदस्य बिजय गुरुङले वताउनुभयो । मनास्लु हिमाल आरोहणका लागि पर्यटक अहिलेसम्म नगएपनि बेश क्याम्पसम्म आउने-जाने गरेका स्थानीयवासिन्दाले वताएकाछन् ।

Posted on:May 2, 2009, 4:47 am

No comments:

Post a Comment