आश गुरुङ 'प्रतीक'
लमजुङ, माघ २४ गते । 
लमजुङ महोत्सव २०६५ आजबाट शुरु भएको छ । महोत्सवको एक समारोहबीच संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले उद्घटन गर्नुभयो ।
उद्घाटनपूर्व सदरमुकाम वेसीशहरको सहजी खेलमैदानवाट गुरुङ, मगर, तामाङ, नेवार लगायत जातजातीको भेषभुष प्रदर्शनी साथै झाँकी तथा र्यालीको आयोजना गरिएको थियो । र्याली महोत्सवको आयोजनास्थल वेसीशहरको शेराबजारस्थित दनाइँफाँटमा पुगरे टुंगिएको थियो ।
महोत्सवमा औद्योगिक तथा ब्यापारिक प्रदर्शनी, हस्तकला तथा घरेलु प्रदर्शनी, कृषि मेला प्रदर्शनी, फोटो तथा बृत्तचित्र प्रदर्शनी, बाल उद्यान, सरकारी तथा गैरसरकारी कार्यालयका गतिविधि प्रदर्शनी, पुष्प प्रदर्शनी गरिएकाछन् ।

उद्योग, ब्यापार, पर्यटन र कृषिको प्रवर्द्धन, लमजुङको कला, सीप र सांस्कृतिक संरक्षण भन्ने नाराका साथ आयोजना गरिएको महोत्सव फागुन ४ गतेसम्म चल्ने छ । महोत्सव लमजुङ उद्योग बाणिज्य संघ र जिल्ला विकास समिति लमजुङको संयुक्त आयोजनामा गरिएको हो ।
Posted on:February 6, 2009, 11:10 am
No comments:
Post a Comment