Tuesday, May 24, 2011

लमजुङमा २० परीक्षार्थी अनुपस्थित

आश गुरुङ 'प्रतीक'
slc exam in lamjungलमजुङ, चैत १२ गते - एसएलसी परीक्षाको आज बुधवार पहिलो दिन अंग्रेजी विषयमा लमजुङमा २० जना परीक्षार्थी अनुपस्थित भएका छन् ।

तोकिएका १८ मध्ये १५ वटा परीक्षा केन्द्रमा नियमिततर्फ८ र एक्ज्यामटेडतर्फ१२ जना परीक्षार्थी अनुपस्थित भएका हुन् । जसमध्ये ८ जना छात्रा र १२ जना छात्र रहेकाछन् ।

परीक्षाकेन्द्रमध्ये भोटेओडारस्थित भक्तिनमुना उच्च मावि, फ्युचर स्टार आवासीय मावि, धमिलिकुवास्थित शैलपुत्री उमावि, बाग्लुङपानीस्थित जनज्योति मावि, तार्कुघाटस्थित बीरभक्ति उमावि र सुन्दरबजारस्थित आदर्श वाल उमाविमा २/२ जना परीक्षार्थी अनुपस्थित भएका हुन् । त्यस्तै, भारतेस्थित सूर्योदय मावि, चितीस्थित जनकल्याण उमावि, गाउँशहरस्थित बालकल्याण उमावि, खुदीस्थित अमर उमावि, कुन्छास्थित शान्ति उमावि, भोर्लेटारस्थितर् इशानेश्वर उमावि, भलायखर्कस्थित ज्ञानोदय मावि र सदरमुकाम वेसीशहरस्थित जनविकास उमाविमा १/१ जना परीक्षार्थी अनुपस्थित भएका छन् ।

यस बर्षो एसएलसी परीक्षामा लमजुङबाट नियमित तर्फदुर्इहजार पाँचसय २१, एक्जाम्टेड तर्फदुर्इसय ३१ जना र जिल्ला शिक्षा कार्यालयबाट प्राइभेट ३९ जना परीक्षार्थी गरि कुल २ हजार ७ सय ९१ जना परीक्षार्थी रहेकाछन् ।

जिल्ला शिक्षा कार्यालय लमजुङका अनुसार जिल्ला भरका ५९ सरकारी विद्यालय र ६ आवासीय विद्यालय गरि ६५ विद्यालयका परिक्षार्थी एसएलसी परीक्षामा सहभागी भएका जिल्ला शिक्षा अधिकारी शंकरबाबु गौतमले जानकारी दिनुभएको छ । गत वर्षदुर्इहजार चारसय २३ नियमित र पाँचसय ७२ जना एक्जाम्टेड गरि दुर्इहजार ९ सय ९५ जनाले एसएलसी परीक्षा दिएका थिए ।

प्रवेशिका परीक्षालाई मर्यादित बनाउन र शान्तिसुरक्षा कायम गर्न एउटा परीक्षा केन्द्र बराबर १० जना गरि एकसय ८० प्रहरी खटाएको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ । आज बुधवार पहिलो दिनको परीक्षा शान्तिपूर्ण तवरले सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेलले वताउनुभयो ।

Posted on:March 25, 2009, 6:24 am

No comments:

Post a Comment