आश गुरुङ 'प्रतीक'
बुधवारमात्रै मन्त्रीभार सम्हाल्नुभएका स्थानीय विकासमन्त्री पूर्णकुमार शेर्माले तत्काल स्थानीय निकायको गठन नहुने वताउनुभएको छ ।
लमजुङको जिल्ला परिषद्का लागि सदरमुकाम वेसीशहर आउनुभएका मन्त्री शेरमाले वर्तमान सरकारले स्थानीय निकाय संञ्चालनका लागि सर्वपक्षीय संयन्त्र बनाएर अघि बढ्ने बताउनुभयो । गएराती सम्पन्न जिल्ला परिषद्पछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै मन्त्री शेर्माले विगतका सरकारले स्थानीय गठन गर्न खोज्दा किचलो भएकाले वर्तमान सरकार त्यस्तो झमेलामा नफस्ने प्रष्ट पार्नुभयो ।
पद बहालीपछि पहिलोपटक औपचारिक कार्यक्रममा सहभागि हुनुभएका मन्त्री शेर्माले राजनीतिक दलहरुकोमात्र संयन्त्रले विकास निर्माणका काममा भागबण्डा तथा झगडाबाहेक केही गर्न नसकेकाले गाउँपरिषद् तथा जिल्ला परिषद् ढिला भएको वताउनुभयो । उहाँले अब बन्ने स्थानीय निकायको संयन्त्रमा राजनीतिक दल मात्र नभएर नागरिक तथा सर्वसाधारणलाई पनि समेटेर यसको परिधि फराकिलो बनाइने जानकारी दिनुभयो ।

कार्यक्रममा पूर्वमन्त्री एवं सभाषद् पृथ्वीसुब्बा गुरुङ, सभाषद् बुद्धिराम तमू, हिमकुमारी सुनार, डीवी कार्की, एकिकृत नेकापा माओवादी, नेपाली काँग्रेस, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य, पुर्वमन्त्रीहरुसमेतगरि २६ जनाले मन्तब्य राखेका थिए ।
Posted on:June 19, 2009, 10:29 pm
No comments:
Post a Comment