Thursday, May 19, 2011

मध्यपान र जुवातास नियन्त्रण

आश गुरुङ 'प्रतीक'
लमजुङ, पुस २६ गते ।
पूर्वी लमजुङको चिती गाउँ विकास समिति वडा नं. ५ कार्कीडाँडाका महिलाहरुले गाउँमा मध्यपान र जुवातास नियन्त्रण गरेकाछन् ।
गाउँमा बढ्दै गईरहेको झै-झगडा र विकृति विसंगतिलाई हटाएर समतामुलक समाज स्थापना गर्न स्थानीय शिव शान्ति आमा समूहको नेतृत्वमा महिलाहरुले मध्यपान र जुवातास नियन्त्रण गरेका हुन् । उनीहरुले चितीको वडा नं. ५ र ६ लाई जाँडरक्सी र जुवातास मुक्त गाउँ बनाउने योजना समेत बनाएकाछन् ।
जाँडरक्सी खाने र विक्रीवितरण गर्ने साथै जुवातास खेल्ने र खेलाउनेलाई पहिलोपटक पत्र पठाएर 'वार्निङ' दिने र दोहोर्‍याएमा नैतिक कार्वाही गरिएको आमा समुहकी अध्यक्ष कृति जोशीले जानकारी दिनुभएको छ ।
जाँडरक्सी खानाले र जुवातास खेल्नाले समय र पैसाको दुवै बर्बाद हुनुका साथै साथै ठूलाहरुको सिको गर्दै साना केटाकेटीहरु पनि कुलतमा लाग्न थालेकाले पनि यस्तो नियम बनाईएको महिलाहरुले वताएकाछन् ।

Posted on:January 10, 2009, 12:44 am

No comments:

Post a Comment