Tuesday, May 24, 2011

क्याम्पसप्रमुखसहित सातजना प्राध्यपक थुनिएका फोटोहरु

आश गुरुङ 'प्रतीक'
लमजुङ, फागनु ३० गते - स्ववियु निर्वाचनका लागि उम्मेदवारी दर्ता आज शुक्रवार नै गराउनुपर्ने माग राख्दै आएका नेपाल विद्यार्थी संघ र एमाले अखिलले लमजुङको सदरमुकाम वेसीशहरस्थित मर्स्याङ्दी बहुमुखि क्याम्पसका प्रमुख हरिवावु थापासहित ७ जना प्राध्यापकलाई प्रशासन कक्षामा थुनेका छन् ।
अखिल क्रान्तिकारीले स्ववियु चुनाव सार्नुपर्ने माग राखेपछि क्याम्पस प्रशासनले उम्मेदवारी दर्ता नगराएको भन्दै नेविसंघ र एमाले अखिलले क्याम्पसप्रमुख लगायत ७ जना प्राध्यापकलाई थुनेका हुन् ।
थुनिनेहरुमा क्याम्पस प्रमुख थापासहित निर्वाचन अधिकृत शालिकराम अधिकारी, प्राध्यायपकहरु महेन्द्र शर्मा पौडेल, लालकुमार श्रेष्ठ, बिनोद न्यौपाने, दिपेन्द्र अधिकारी र भरत भण्डारी रहेका छन । उनीहरुलाई बिहान ११ बजेदेखि बिद्यार्थीहरुले प्रशासन कक्षामा ताला लगाएर थुनेका हुन । थुनिएका प्राध्यायपकहरुले पानी समेत खाना नपाएको र दिशा पिसाब समेत प्रशासन कक्षा भित्रै गर्न बाध्य भएको क्याम्पस प्रमुख हरिबाबु थापाले बताउनु भएको छ । साँझ सम्म क्याम्पस वरिपरी नेविसंघ र अखिलका बिद्यार्थीहरुले क्याम्पसमा धर्ना दिइरहेका छन ।
अखिल क्रान्तिकारीले हिजो विहिवार क्याम्पस प्रशासनमा लगाएको ताला विहान नेविसंघ र एमाले अखिलले तोडेफोड गरेपछि मर्स्याङ्दी क्याम्पसको स्ववियु निर्वाचनमा विवाद देखिएको छ । क्याम्पस प्रशासनले विहान ६ बजेदेखि उम्मेदवारी दर्ता गर्ने चुनावी कार्यक्रम र्सार्वजनिक गरको थियो । असहज परिस्थितिका कारण आज शुक्रवार गर्ने भनिएको मनोनयन ६ गतेनै निर्वाचन गर्ने गरि र क्याम्पस संचालन समिति, निर्वाचन समिति र र क्याम्पस प्रशासनबीच भोलि शनिबार छलफल कार्यक्रम तय गरे पनि प्राध्यायपकहरु थुनामा परेपछि तयारी गर्न अप्ठ्यारो परेको क्याम्पस प्रमुख थापाले वताउनुभएको छ ।

campus pramukh samet 7 jana teachers banda kothama
banda kothama 7 jana teachers haru thunuwa gary akhil lay
kothama banda bahumukhi campus ka teachers haru
marsyandi bahumukhi campus in lamjung
campus pramuk samet banda gare ka room and campus

Posted on:March 13, 2009, 7:53 am

No comments:

Post a Comment