आश गुरुङ 'प्रतीक'

माईक्रोवसले पेट्रोल राख्न रोकेको वेलामा पिसाब लागेर शौचालय गएकी देवीले त्यही बच्चा जन्माएको उनकी देवर देवर दीपक भण्डारीले जानकारी दिए । उनका अनुसार दिउँसो १२ बजेर ३५ मिनेट जादाँ बच्चा जन्मिएको हो । शौचालयमा सुत्केरी भएपछि अलपत्र परेकी भण्डारीलाई स्थानीय वासिन्दा र प्रहरीले उद्धार गरेका स्थानीय गोवर्द्धन कँडेलले वताए ।
भण्डारीका यसभन्दा अगाडि दुर्इ छोरी र एक छोरा रहेकाछन् । उनको श्रीमान् बैदेशिक रोजगारीको शिल्शिलामा हाल दुबर्इ छन् । ढिलोगरि प्राप्त समाचार अनुसार बच्चा विहिवार जन्मिएको हो ।
तस्वीरमा पेट्रोल पम्पको शौचालयमा जन्मिएको छोरालाई लिएर बसेकी देवी भण्डारी, साथमा उनकी कान्छी छोरी । तस्बिरः समुन्द्र पौडेल
Posted on:February 22, 2009, 1:33 am
No comments:
Post a Comment