आश गुरुङ 'प्रतीक'
लमजुङ, माघ ३ गते । 
सरकारी पहुँच नपुगेका कारण विद्यालयका वालवालिका र शिक्षकशिक्षिकाहरुलाई मध्यनजर राखि पुस्तकालय स्थापना गरिएको हो ।
शिक्षाको क्षेत्रमा सहयोग पुर्�याउदै आएको रुम टु रिड नामक गैर सरकारी संस्थाको सहयोगमा वाल स्वास्थ्य तथा वातावरण बचाउ समाज -चेस) नेपालद्वारा स्थापना गरिएको पुस्तकालयमा करीब एकलाख ३० हजार बराबरको पुस्तक र फर्निचर राखिएको छ । पुस्तकालयमा एकहजार एकसय भन्दा बढी पुस्तकहरु छन् ।
पुस्तकालयमा विद्यार्थीका लागि जानकारी, चेतना, मनोरञ्जन, तथा वौद्धिक स्तर बढाउने प्रकारका पुस्तकहरु पुस्तकालयमा राखिएको रुम टु रिड अर्न्तर्गत रिडिङ रुमकी सहजकर्ता वालकाशी गुरुङले वताईन् । पुस्तकालयमा सामान्य ज्ञान, कथा, कविता, वालकथा, वालकविता, चित्रकला, धार्मिक तथा ऐतिहासिक पुस्तकहरु साथै स्वास्थ्यसम्बन्धी र ज्ञानविज्ञानका पुस्तकहरु समेत राखिएकाछन् । त्यस्तै, केही दैनिक तथा साप्ताहिक पत्रपत्रिका साथै वाल पत्रपत्रिकाहरु पनि राखिएकाछन् ।
पुस्तकालयमा कोष स्थापना गर्नका लागि दान बाकस समेत राखिएको छ । पुस्तकालय स्थापनापछि विद्यार्थीमा नयाँ जोस जाँगर पलाएको विद्यार्थी टेककाशी गुरुङ वताउँछिन् । उनी कक्षा १० मा अध्ययन गर्छिन् ।
पुस्तकालयको उत्तरकन्या गाविसका निवर्तमान अध्यक्ष प्रेम घलेले एक समारोहकाबीच उद्घाटन गरेका थिए । कार्यक्रममा सहजकर्ता वालकाशी गुरुङले पुस्तकालयको आवश्यकता र महात्वको वारेमा जानकारी गर्राईन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), ईलाका कार्यालयका टकप्रसाद घले, विद्यालयका प्रधानाध्यापक हरि अधिकारी लगायतले पुस्तकालयको उचित ब्यवस्थापनका लागि स्थानीयवासिन्दको सहयोग अपरिहार्य भएको वताए ।
Posted on:January 16, 2009, 1:01 am
No comments:
Post a Comment