आश गुरुङ 'प्रतीक'
लमजुङ, माघ १३ गते । 
पहिला परीक्षणका लागि अलैँची खेति गरेका खाँचेका वासिन्दाले राम्रो फल दिन थालेपछि ब्यवसायीक रुपमा अलैँची खेति गर्न लागेका हुन् । खाँचेका ३८ घरमध्ये ३२ घरपरिवार अहिले ब्यवसायीक अलैँची खेति गरेर आत्मनिर्भर समेत बनेका छन् । उनीहरुले धान, मकै, कोदो लगायतका अन्नवाली फल्ने जग्गाजमिन मासेर अलैँची खेति गर्न थालेका हुन् ।
खाँचेमा २६ वर्षघि स्थानीय कालु तामाङले खुदीबाट ३ सय विरुवा ल्याएर अलैँची खेति शुरु गरका थिए । त्यतिवेला गाउँलेका सामू हाँसोका पात्रा बनेका कालुले अहिले वर्षोनी एकलाख रुपैँयासम्म कमाई गर्न थालेका छन् । कालु तामाङको सिको गर्दै यस खेतितर्फलागेका हर्क बहादुर तामाङले वाषिर्क ६ क्वीन्टल अलैँची विक्री गरेर वाषिर्क झण्डै एकलाख रुपैँया सम्म कमाउन थालेका छन् । हर्कबहादुर तामाङले आफ्नो मकै र कोदो फल्ने वारीलाई मासेर पातीघारी फँडानी गरि १० रोपनीमा अलैँची खेति गरेका छन् । उनीहरुले मनग्ये आम्दानी गर्न थालेपछि स्थानीयवासिन्दा ब्यवसायीक रुपमा अलैँची खेति गर्न उत्साहित भएका हुन् ।

खाँचे गाउँका पदम बहादुर तामाङले यसवर्ष१० क्वीन्टल अलैँची उत्पादन गरि डेढ लाख रुपैँया हात पारेको छ । त्यस्तै, अर्का किसान गर्ज बहादुर तामाङले गतवर्षगत वर्ष६ क्वीन्टल अलैँची उत्पादन गरेर ९० हजार रुपैया कमाएका छन् । थोरै लगानी र मेहनतमा सजिलै एक/डेढ लाख कमाउने भएकाले उनीहरु ब्यवसायीक अलैँची खेतितर्फलागेको वताउँछन् ।

लमजुङको खाँचेमा उत्पादित अलैँची ठेकेदारमार्फ विराटनगर नाका तथा विर्तामोडर्,र् इलाम हुँदै नेपालको पूर्बी सिमानावाट भारतमा निकासी हुने गरेको छ । भारतमा निकासी गर्नका लागि अलैँची विकास केन्द्र इलामले खरिद गर्दै आएको छ । नेपालमा उत्पादित अलैँची पश्चिमी राष्ट्रहरुमा मसला, जडीबुटी, औषधी, अत्तर, मदिरा तथा महङ्गा रक्सीको वास्नाका लागि प्रयोग हुन्छ । नेपालमा उत्पादित अलैँचीको ९५ प्रतिशत निर्यात विदेशी राष्ट्र हुने गरेको विज्ञहरु वताउँछन् । लमजुङको खाँचेमा उत्पादित अलैँची सोझै इलाम भएर भारत निकासी भएका कारण बजारको कुनै समस्या नभएको अलैँची विकास केन्द्र फिक्कलर् इलामका प्राविधिकहरु वताउँछन् ।

अलैँची खेतिका लागि तुषारो र हिउँ नपर्ने आठदेखि दुईहजार १५ सय मीटरसम्मको भू-भाग राम्रो मानिन्छ । जल्जले खेत र सेपिलो ठाउँमा अलैँची खेति हुने गर्दछ । जस्का कारण खाँचेका कृषकहरुको सिको गर्दै लमजुङको बाँझाखेत, बाँहुनडाँडा, भुलभुले, खुदी, भुस्मे लगायतका वासिन्दाले पनि अहिले अलैँचीखेति गर्न थालेकाछन् ।
लमजुङमा अलैँचीको सम्भावना निकै राम्रो छ । हावापानीको दृष्टिकोणले पनि अलैँचीको लागि लमजुङ उपयुक्त जिल्ला हो । लमजुङका थुप्रै भू-भाग त्यसै खेर गईरहेको छ । ती ठाउँहरुमा पनि अलैँची लगाउने हो भने यहाँको र्सवसाधारणको जनजीवन सजिलै उकासिने कृषि विकास कार्यालयले जनाएको छ । अन्य खाद्यान्न बालीको तुलनामा खेताला सस्तो र उत्पादन भईसकेपछि पनि सजिलै विक्री हुने हुँदा किसानका लागि अलैँची खेति उपयुक्त मानिएको प्राविधिकहरु वताउँछन् ।
Posted on:January 26, 2009, 4:13 am
No comments:
Post a Comment