Saturday, May 28, 2011

तीनबर्षदेखि एक्लै गोठमा गाउँकी बालिका

आश गुरुङ 'प्रतीक'
Sigdiko Kashi gurung लमजुङ, चैत २७ गते । घना जंगलको बीचमा चित्राले बारेको एउटा गोठ छ । बोल्दा पनि कसैले नसुन्ने ठाउँ, गाउँवाट निकै टाढा, करीब एक दिन लाग्ने । वाघभालुको डर पनि उस्तै । त्यही ठाउँमा एक्लै वसेकीछन् एक बालिका ।
काशी गुरुङ, भर्खर १५ वर्षकी भईन् । उनी लमजुङ र कास्की जिल्लाको सिमाना टोवा खोलको तिर एक्लै गोठमा वस्छिन् । लमजुङ र कास्कीको सिमानमा बग्ने रुदी नदीको सिरान हो टोवा खोला । गोठमा १५ वटा गाई, नौवटा भैँसी र चार हल गोरु छन् । त्यसको स्यहारसुसार गर्दैमा उनको दिनचर्या वितेको छ । उनी १२ वर्षेखि एक्लै गोठमा वस्न थालेकीहुन् ।
लमजुङको पसगाउँ गाउँ विकास समिति वडा नं. ४, सिङ्दी गाउँकी काशी गुरुङ तीनवर्षेखि एक्लै गोठमा वस्दै आएकीछन् । यसअघि गोठ धान्दै आएका उनको बाबुलाई बुढ्यौलीले छोएपछि उनी गोठमा वस्न थालेका हुन् । 'सानैदेखि कत्तिपनि पढिन' उनी भन्छिन्, 'बाबुपनि बुढो हुनुभयो, मेरो पनि गाउँमा केही काम भएन, त्यही भएर गोठमा वसेकी हुँ ।' खस भाषा बोल्न नजान्ने काशी गुरुङले गुरुङ भाषामा नै आफ्नो सवै कथाब्यथा सुनाईन् ।
उनले टोवा खोलमा नौ महिना विताउँछन् हरेकवर्ष। अन्य महिना मंसिर, पुस र माघ महिनामात्रै गोठ गाउँतर्फसारिन्छ । एकातिर त्यतिवेला जाडो हुन्छ भने अर्कोतिर गाउँको खेतवारी मोल्नका लागि पनि तीनमहिना गोठ गाउँका खेतवारीमा ल्याईने गरिन्छ । सातजनाको परिवार रहेकोमा उनका दाइ अर्काको भैसी गोठमा वस्छन् भने दिदीको विवाह भईसकेको छ । एक भाइ र एक बाहिनी सिङ्दीस्थित हिमालय निमाविमा अध्ययन गर्छन् भने बाबुआमा खेतिकिसानी गर्छन् ।
कास्कीको मिजुरेडाँडा गाविस र लमजुङको पसगाउँ गाविसको सिमानामा पर्ने टोवा खोलामा उनीबाहेक अन्य कसैको पनि गोठ छैन । गोठ भएपनि पाँच किलोमीटरको वरपरमा छ, उनको गोठवाट । 'कहिलेकाहीँ त भोकभोकैपनि वस्नुपर्ने स्थिति आउँछ', काशी भन्छिन्, 'गाउँमा खबर पुगेन भने साँवल(गोठ खर्च) ढिलो आईपुग्छ ।' महिनाको एकपटक उनका बाबुले गोठ खर्च पुर्‍याउने गर्छन् । Goth Sigdi
सिङ्दी गाउँमा मात्रै गाई र भैँसी गोठ गरि दुईदर्जनको हाराहारीमा छ । तर, ती सवै कोही गाउँनेरै बस्छन् त कोही लेकमा । अन्य गोठहरुमा दुई/तीन अथवा चार/पाँचजना मानिसहरु वस्ने गरेकाछन् । तर, काशी भने गोठमा वस्ने कोही नपाएर आफू वस्नुपरेको वताउँछिन् ।
पानी पर्दा र बर्खको समय उनलाई ज्यादै कठिन पर्छ । 'गोठमा रहेका गाईभैँसी हराउँदा कहिलेकाहीँ रुन मन लाग्छ' उनी भन्छिन्, भन्छिन्, 'नबस्नु बसिसक्यो, गाउँमा गएरपनि के गर्ने, त्यही भएर वसेकी हुँ ।' विरामी हुँदाको समय र पानी पर्दाको समय घाँसदाउरादेखि पानी भर्नसमेत कठिन पर्ने गरेको उनको भनाई छ ।
शहरबजारका जो कसैलाई पनि अचम्म लाग्न सक्छ, र यथार्थपनि धेरै फरक छ । पढ्ने वेला र लाउँलाउँ खाउँखाउँको वेला एक्लै बनजंगलका गोठमा भौतारीरहनुपर्ने ग्रामीण वालवालिकाहरुको अवस्था ज्यादै दयनीय छ । कस्ले बुझिदिने उनीहरुको कथा अनि ब्यथा ।

Posted on:April 9, 2009, 3:08 am

No comments:

Post a Comment