Tuesday, May 24, 2011

असन्तुष्ट कलाकार

आश गुरुङ 'प्रतीक'
maya_&_uma_grgलमजुङ, फागुन ६ गते - लमजुङको सदरमुकाम बेसीशहरमा आयोजित लमजुङ महोत्सव २०६५ मा कलाकारहरुले असन्तुष्ट ब्यक्त गरेकाछन् ।

राष्ट्रिय कलाकारदेखि स्थानीयस्तरका कलाकारहरुले आयोजकले मञ्च नदिएको र महोत्सवको नाउँमा राजनीति गरेको आरोप लगाएकाछन् । महोत्सवमा मञ्च नदिएकै कारण लमजुङका उपज मानिने माया गुरुङ र उमा गुरुङको जोडि गीत नगाई फर्केकाछन् ।

२०४५ सालमा रेडियो नेपालको स्टुडियोमा रेकर्ड भएको 'गाउँशहरमा लमजुङ दरवार, मायालाई दिने थिएँ फूलजस्तो जोवन, भईसक्यो मेरो घरवार....' बोलको सदावहार तथा चर्चित गीत गाएर ग्रामीण क्षेत्रवाट राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरसम्म चर्चामा आउनसफल ती जोडिले भने, 'लमजुङ महोत्सव २०६५ ले हामीलाई उपेक्षा गर्�यो ।'


महोत्सवमा आएका प्रायः अतिथि कलाकारहरुले लमजुङ महोत्सववाट आफू असन्तुष्ट भएको वताएकाछन् । लोकदोहरीका नायक राजु परियारले कलाकारको कला नभई मान्छे हेरेर पारिश्रमिक दिएको र आफूलाईपनि उपेक्षा गरिएको आरोप लगाए । आफूलाई निम्तो नदिएको भन्दै महोत्सवमा नआउने निर्णयमा पुगेका गायिका विमाकुमारी दुरा सवैको आग्रहपछि दोश्रो अन्तिम दिन आएकी थिईन् । उनीअघि आएकी कोमल ओलीले २५ हजार पारिश्रमिक पाएको र आफूलाई १० हजारमात्रै दिएको भन्दै लमजुङ महोत्सव २०६५ प्रति उनले असुन्तष्ट ब्यक्त गरिन् ।


उनीहरु त एक उदाहरणमात्रै हुन्, धेरै कलाकारलाई उपेक्षा गरिएको लमजुङ लोक संस्कृति विकास केन्द्रका उपाध्यक्ष बंशीधर कोईरालाले वताए । लमजुङको कला संस्कृति र लोकभाकाको संरक्षण र सर्ंवर्द्धन साथै विकासका लागि जुटेको संस्थाको प्रतिनिधित्व गर्दै आएका उनी लमजुङ महोत्सवको उद्घाटन दिनमै वेसीशहर आएका थिए । तर, मुस्किलले उनलाई महोत्सवको आधा समय सकिएपछिमात्रै आसनग्रहण गर्राईएको थियो ।
लमजुङ महोत्सव २०६५ मा आउने कलाकारहरुले प्रायः आफू वसेको होटल भाडा आफैँले तिरेकाछन् । महोत्सवमा अतिथि सत्कारको संयोजकको जिम्मा पाएका लमजुङ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष धर्मराज श्रेष्ठले आफूलाई अतिथि सत्कार गर्न नदिई मुल आयोजक समितिले हस्तक्षेप गरेको आरोप लगाए ।


लमजुङ महोत्सव २०६५ का मुल आयोजक समितिका पदाधिकारीहरुपनि महोत्सवको ब्यवस्थापनवारे असन्तुष्ट प्रकट गर्छन् । त्यस्तै, प्रायोजक तथा विशेष सहयोगीहरुसमेत सन्तुष्ट छैनन् । मुल आयोजक समितिका नेतृत्ववर्गले भने काम गरेपछि केही न केही कमजोरी हुने वताउँदै कसैलाई उपेक्षा नगरिएको दावी गरेकाछन् ।

तस्वीरमा गुरुङ पोषाक लगाएकी माया गुरुङ साथै उनको जोडी उमा गुरुङ ।

Posted on:February 17, 2009, 2:54 am

No comments:

Post a Comment