Thursday, May 19, 2011

तालिम भवन निर्माणकार्य अलपत्र

आश गुरुङ 'प्रतीक'
लमजुङ, माघ ९ गते ।
लमजुङको जिल्ला बन कार्यालय परिसरमा निर्माणाधिन तालिम भवनमा भ्रष्टाचार भएको समाचार र्सार्वजनिक भएपछि निर्माणकार्य अलपत्र परेको छ ।
निर्माणाधिन एक कोठे कच्ची भवन निर्माणमा १६ लाख खर्च गरिएको समाचार संचारमाध्यममा र्सार्वजनिक भएपछि ठेकेदार नफर्किएका कारण भवन निर्माणकार्य अलपत्र परेको हो ।
भवन निर्माणका लागि लगानीकर्ता नेपाल सरकार भौतिक योजना तथा निर्माणमन्त्रालयको शहरी विकास तथा भवन निर्माणविभाग डिभिजन कार्यालय गोरखा र निर्माणकर्ता सुसनिर निर्माणसेवा गोरखाका ठेकेदारबीच निर्माणशुरु भएको नौ महिनाभित्रमा सक्नुपर्ने सम्झौता थियो । सम्झौता अनुसार गत पुस मसान्तभित्रमा भवन निर्माणकार्य पुरा गर्नुपर्नेमा भवन निर्माणसकुनका अलाब निर्माणनै नथालिएपछि स्थानीयवासिन्दा अचम्मित बनेकाछन् ।
पक्की भवन निर्माणका लागि भनेर रकम विनियोजन गरेपनि पिलर नगाडेको एक कोठे भवन निर्माणगरिएपछि ब्यापक आलोचना समेत भएको छ । कार्तिक महिनावाट निर्माणकार्य बाँकी राखिएको भवन निर्माणका ठेकेदार भोज श्रेष्ठ अहिले सर्म्पर्कबीहिन रहेको जिल्ला बन कार्यालयले जनाएको छ ।
लागत अनुसार भवन नबनेको ब्यापक चर्चामा आएपछि जस्तापाताले छाउन तयार पारिएको भवनका वारे जिल्ला प्रशासन कार्यालय लमजुङमा समेत यसअघि नै कुरा पुगिसकेको छ । भवन निर्माणका लागि केन्द्रवाट नै किटानी गरेर आएकाले यसमा आफू जिम्मेवार नरहेको जिल्ला प्रशासन कार्यालयले वताएको छ । एकातिर प्रशासन पन्छिनु र अर्कोरित ठेकेदार सर्म्पर्कमा नआएकाले निर्माणको अन्तिम चरणमा पुगेको भवन तत्काल निर्माणहुने संकेत देखिएको छैन ।
सरकारी भवन निर्माणगर्दा पिलर राख्नु पर्ने र भूकम्प प्रतिरोधात्मक हुनुपर्ने नियम रहेपनि रहेपनि यसमा कुनै मापदण्ड अबलम्बन गरिएको छैन । भवन निर्माणमा कम सिमेन्ट प्रयोग गरेर बढी बालुवा राखि ढुङ्गाको गाह्रो लगाईएको छ । यसले गर्दापनि स्थानीयवासिन्दामा भवन निर्माणका लागि ठेकेदारले भ्रष्टाचार गरेको थप पुष्टि गरिदिएको छ ।

Posted on:January 22, 2009, 1:37 am

No comments:

Post a Comment