Saturday, May 28, 2011

विश्वकर्माको आरन संचालन पेशा लोप हुँदै

आश गुरुङ प्रतीक
लमजुङ, जेठ १६ गते -कृषि औजारको निर्माण तथा मर्मतकार्यमा महत्वपूर्ण मानिएको आरन संचालन पेशा लमजुङमा लोप हुँदै गएको छ ।
aranmakamgardaiपरम्परादेखि विश्वकर्मा जातिले संचालन गर्दै आएको आरन संचालन गर्ने पेशा पछिल्लोपटक युवा पुस्ताले छाडेपछि आरन पेशा संकटमा परेको छ ।विगतमा प्रत्येक वडामा विश्वकर्मा जातिले आरन संचालन गरेपनि अहिले अधिकांस आरन बन्द गरेर उनीहरु अन्यत्र पेशामा लागेकाछन् । धेरै दुःख गर्नुपर्ने र दुःख गरेअनुसारको परिश्रम नपाईने भएकाले विश्वकर्मा जातिका युवाहरु यो पेशा अंगाल्न छाडेको उनीहरुको भनाई छ । विश्वक्र्म्ँजातिका अधिकांश युवाहरु वैदेशिक रोजगारमा लागेकाछन् भने काम जानेका बृद्धहरु अशक्त भएका कारण आरन संचालन गर्न नसकि वसिरहेकाछन् । वर्ष भ्रि गाउँभरिको कृषि औजार निर्माण तथा मर्मत गर्ने र त्यसबापत प्रत्येक घरवाट मकै अर्थात धान लानेरलैजाने परम्परा भएपनि काम अनुसारको अन्न नपाउने गरेको उनीहरुको गुनासो छ ।खेतिवाली लगाउन, गोडमेल गन, घाँस काट्न आवश्यक पर्ने कृषि औजार बनाउन र मर्मत गर्न प्रयोग हुने आरन लोप हुँदै गएपछि ग्रामीण भेगका सर्व् साधारणपनि चिन्तित बनेकाछन् ।
लमजुङमा विगतमा छसय भन्दा बढी आरन भएपनि अहिले मुस्किलले तीनदर्जनमात्र रहेको अनुमान गरिएको छ । लमजुङस्थित घरेलु विकास समितिको कार्यालयमा भने कृषि औजार घरेलु उद्योग अन्तरगत दुर्इवटा आरानमात्रै दर्ता छन् । जिल्लामा कुनै निकाय तथा कार्यालयसंग आरनको यकीन तथ्याङ्क छैन ।
घरेलु विकास कार्यालयका प्रशिक्षक बम ठकुरीले आरन कृषि औजार घरेलु उद्योग अन्तरगत पर्ने भएपनि संचालन भएका आरन घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयमा दर्ता नभएको वताए । उनले आरन लोप हुँदै गएपछि कार्यालयले सदरमुकाम वेसीशहर र बाँझाखेत गाविसमा एकरएक पटक कृषि औजार निर्माण तथा मर्मत संवन्धि तालिम दिएको जानकारी दिए । जिल्ला कृषि विकास कार्यालयका निमित्त प्रमुख डोलकृष्ण सुवेदी आफ्नो कायालयमा पनि आरनको तथ्याङ्क नभएको वताए ।
जिल्लामा हाल संचालन भईरहेका आरन पनि बृद्धबृद्धाले मात्रै संचालन गर्दै आएकाछन् । संचालन भईरहेका आरन पनि अहिले बन्द हुने अवस्थामा पुगेको गाउँशहर गाविस ७, का जीतबहादुर विश्वकर्मा वताउँछन् । उनी आफूले लामोसमयदेखि संचालन गर्दै आएको बन्द गर्ने तरखरमा समेत पुगेकाछन् । भन्छन्, यो पेशालेमात्रै परिवार पाल्न नसकेको र कतैवाट सहयोग नपाएकाले बन्द गर्नुपर्ने अवस्थामा पुगेको छु । आरन संचालन पेशामा सम्मान नभएको र सवैले उपेक्षामात्रै गर्ने गरेकाले पनि युवा पुस्ताले यसप्रति चासो नदेखाएको उनको तर्क छ । आरनको संरक्षण र सर्ंवर्द्धनका लागि कुनै निकायले अहिलेसम्म पहल र सहयोग नगरेको गुनासो विश्वकर्माको छ ।
बढ्दो शहरीकरणसंगै तयारी औजार बजारमा पाईने भएकाले पनि आरन संचालन पेशा संकटमा परेको हो । यसको मारमा शहरबजारका भन्दा ग्रामीण भेगका किसानीहरु मर्कामा परेकाछन् ।
तस्वीरमा उत्तरी लमजुङको ताघ्रिङ गाविस, म्रि्रा गाउँस्थित आफ्नो आरनमा कृषि औजार बनाउँदै एक विश्वकर्मा । तस्वीरः आश गुरुङ प्रतीक

Posted on:May 30, 2009, 3:54 am

No comments:

Post a Comment