आश गुरुङ 'प्रतीक'
नुहाउने मौसम शुरु भएपनि प्रचारप्रसार र ब्यवस्थापन हुन नसकेपछि आउँदै र्फकँदै गरेका पर्यटकहरु पछिल्लोपटक तातोपानीतर्फआकषिर्त भएकाछन् ।
लमजुङ सदरमुकाम वेसीशहरवाट २० किलोमीटर उत्तरतर्फरहेको तातोपानीमा दैनिक स्वदेशी तथा विदेशी पर्यटकहरु नुहाउने गरेका छन् । दैनिक ३०र४० जना पर्यटक तातोपानीमा नुहाउन र घुम्नका लागि आउने गरेका स्थानीयवासिन्दाले वताएकाछन् । परापुर्वकालदेखि नै रहेको तातोपानी पर्याप्त प्रचार प्रसार र संरक्षण साथै ब्यवस्थापनको अभावमा उल्लेख रुपमा पर्यटकहरु आउने र नुहाएर र्फकने गरेको बाहुनडाँडा दिङदिङका बेलबहादुर गुरुङले वताए ।
मर्स्याङ्दी तदीको किनारमा रहेको तातोपानी प्राकृतिक रुपमा अत्यान्तै सुन्दर ठाउँमा रहेको छ । गर्मीको मौसम भएपनि नदी र खोँचका कारण त्यहाँ पुगेपछि चिसो हु्न्छ र नुहाउनै कर लाग्छु, लमजुङ जिल्ला सामुदायिक अस्पतालका निर्देशक धर्मराज गोसाइँ भन्छन, ुपहिलोपटक तातोपानीमा नुहाएको, ज्यादै मज्जा आउँदो रहेछ, समय मिलाएर फेरि पनि जान्छु ।ु गोसाइँले भनेझै बाहैमास त्यस क्षेत्रमा चिसो हुने भएकाले पर्यटकहरु तातोपानीमा सँधै नुहाउने गर्छन् । जमिन मुनिवाट मुल फूटेको पानी निकै तातो छ ।
तातोपानीमा नुहाउनाले दाद, घाउ, खटिरा, चायाँ, मुसा, डण्डिफोर लगायतका छाला संबन्धि सम्पुर्न रोगहरु निको हुने विश्वास गरिन्छ । साथै बाथ, हाडजोर्ने, दुख्ने आदि रोग निको हुने आयुरर्वेदिक चिकित्सक डा। हर्रि्रसाद पोखरेल वताउँछन् । पर्यटकहरु धार्मिक, शारीरिक, मनोबैज्ञानिक लगायतका अन्य कारणले तातोपानी नुहाउन जाने गर्छन् ।
तातोपानीमा नुहाउन लमजुङवाट मात्रै नभई गोरखा, तनहुँ, चितवन जिल्लावाट मानिसहरु आउने गर्छन् । तर, बस्ने ठाउँ नभएका कारण उनीहरुले जतिसक्दो उपभोग गर्न पाएका छैनन् । भुलभुले गाउँ विकास समिति वडा नं। ७, उस्ता निवासी नवराज घलेले आफ्नी स्वर्गीय धर्मपत्नी पिन्टी घलेको सम्झनामा नुहाउने धारा र वाटोगरि ६० हजार रुपैँयाको लगानीमा निर्माण गरेपनि अहिले अलपत्र अवस्थामा रहेको छ । त्यस्तै, दिङदिङका आमा समूहले २०५३ सालमा नुहाउन आउनेका लागि पाटी वनाएपनि वेसीशहर-चामे सडक निर्माणको क्रममा सेनाले बम पड्काउँदा पाटीका पर्खाला र जस्ताका छाना भत्किएका छन् ।
No comments:
Post a Comment