Tuesday, May 24, 2011

लमजुङ महोत्सवको आकर्षण सार्क राष्ट्रको नमुना घलेगाउँ

आश गुरुङ 'प्रतीक'
Ghale Gaun Lamjungलमजुङ, माघ २२ गते ।
लमजुङ महोत्सवको मुख्य आकर्षा र्सार्क राष्ट्रमा नमुना मनिएको तथा पर्यटकीय घलेगाउँ बनाईने भएको छ ।
माघ २४ देखि फागुन ४ गतेसम्म आयोजना हुन लागेको महोत्सवमा घुम्न आउने आन्तरिक तथा बाहृय पर्यटकका लागि घलेगाउँ लगायत अन्य ग्रामीण पर्यटकीयस्थलमा घुम्नका लागि 'प्याकेज टूर' को ब्यवस्था मिलाएको छ । घलेगाउँ मात्र नभईकन पर्यटकीय खासुर गाउँ लगायत भुजुङ, पसगाउँ, घनपोखरा, सिरुङ, पुरानकोट लगायतका पर्यटकीय ग्रामीण क्षेत्रमा घुम्न चाहनेका लागि 'प्याकेज टूर' को ब्यवस्था मिलाएको महोत्सव मुल आयोजक समितिका अध्यक्ष प्रमोदकुमार श्रेष्ठले जानकारी दिएको छ ।
महोत्सव आयोकज समितिले काठमाडौंबाट लमजुङ आउने पाहुनाका लागि तीन दिन रात र लमजुङबाट जाने पाहुनाका लागि दिन एक रातको प्याकेज बनाएको हो । जसअन्तर्रत घलेगाउँमा न्युनतम एकरात वस्नुपर्ने हुन्छ । त्यस्तै, खासुरका लागि दिन एक रातको ब्यवस्था मिलाएको छ । घलेगाउँ जान चाहनेले एकमुष्ठ प्रतिब्यक्ति एकहजार र खासुर जान चाहनेले एकमुष्ठ सातसय रुपैँया बुझाएर जान पाउने ब्यवस्था मिलाएको महोत्सवका सचिवालय सदस्य मेघेन्द्र पोखरेलले जानकारि दिए । उनका अनुसार तोकिएको रकम आयोजकलाई उपलब्ध गराएपछि पाहुनालाई गाउँसम्म पुर्‍याउने र लिएर आउने पथ प्रदर्शकको ब्यवस्था आयोजकले मिलाएको छ । त्यस्तै, भुजुङ लगायत अन्य ग्रामीण पर्यटकीय गाउँमा जान चाहने पाहुनाको लागि भने घलेगाउँ र खासुरको जस्तो ब्यवस्था नगरिएको र सोर् इच्छाले महोत्सवस्थलमा राखिएका पोष्टर पम्प्लेटका आधारमा जो कोही पनि जान सक्ने आयोजकले जनाएको छ । ती गाउँका लागि आयोजकले पम्प्लेट प्रकाशन गरेको छ । 'प्याकेज टूर' मा घलेगाउँ र खासुर पुग्ने पर्यटकलाई त्यहाँका स्थानीयवासिन्दाले पराम्परागत तथा साँस्कृतिक कार्यक्रम देखाउनेछन् ।
'उद्योग, व्यापार तथा पर्यटन प्रबर्द्धन, लमजुङको कला, सीप र सांस्कृतिक संरक्षण' भन्ने मुल नाराका साथ हुन लागेको महोत्सव यो दोश्रोपटक हो । यसअघि २०६३ सालमा पहिलोपटक लमजुङ महोत्सवको आयोजना गरिएको थियो । यसअघि २०६० सालमा महोत्सवको आयोजना गरिएपनि सरकार माओवादी युद्धका कारण सफलता पाउन सकेको थिएन । दन्दका कारण पिल्सिएर बस्न बाध्य लमजुका वासिन्दालाई रौनक दिलाएर उद्योग, व्यापार एवं पर्यटन क्षेत्रको प्रबर्द्धन गर्न महोत्सवको आयोजना गर्न लागिएको महोत्सव मुल आयोजक समितिका सदस्य तथा लमजुङ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष धर्मराज श्रेष्ठले जानकारी दिएकाछन् ।
महोत्सव सुरु हुन दिनमात्र बाँकी रहँदा सदरमुकाम बेसीशहरमा निकै रौनक छाएको छ । बेसीशहरका चोक चोकमा स्वागतद्वार निर्माण गरिएको छ भने प्रचारप्रसार कार्यलाई जोड दिइएको प्रचारप्रसार उपसमितिका संयोजक राजेश थापाले वताएको छ । महोत्सवको तयारी करीब पुरा भैसकेको आयोजकले जनाएको छ ।
महोत्सवका अन्य आकर्षाहरुमा लोक दोहोरी गीत प्रतियोगिता, खाना महोत्सव, विभिन्न जातजातिका संस्कृति प्रदर्शनी, कृषि मेला प्रदर्शनी, जडिबुटी प्रदर्शनी, परम्परागत हस्तकला, ब्यापारिक प्रदर्शनी, बाल उद्यान, फोटो प्रदर्शनी, पुष्प प्रदर्शनी, सरकारी तथा गैरसरकारी कार्यालयका गतिविधि प्रदर्शनी, राष्ट्रिय ख्यात्रि्राप्त कलाकारहरुको प्रस्तुति, प्याराग्लाइडिङ, मध्यमर्स्याङ्दी जलविद्युत परियोजनाको जलाशयमा बोटिङ, औद्योगिक तथा व्यापारिक प्रदर्शनी लगायत रहेकाछन् ।

Posted on:February 4, 2009, 4:19 am

No comments:

Post a Comment