Tuesday, May 24, 2011

टेष्ट पास गराउन माग गर्दै विद्यार्थीद्वारा आन्दोलन

आश गुरुङ 'प्रतीक'
jana-bikash-aandolanलमजुङ, फागुन ६ गते - लमजुङको सदरमुकाम वेसीशहरस्थित जनविकास उच्च माध्यमिक विद्यालयवाट टेष्ट परीक्षा दिएर अनुत्तीण भएका विद्यार्थीहरु आन्दोलनमा उत्रिएकाछन् ।

प्रवेशिका परीक्षाका लागि दिईने टेष्ट परीक्षामा अनुत्तीण भएका विद्यार्थीहरुले आफूलाई उत्तीण गराउनुपर्ने भन्दै आज मंगलवार दिनभर विद्यालय परिसरमा पर्दर्शन गरे । विद्यार्थीको आन्दोलनका कारण विद्यालय क्षेत्र दिनभर तनाबग्रस्त बनेको थियो । विद्यालयलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आन्दोलनरत विद्यार्थीले विद्यालयमा मुख्य ढोका लगाएको ताला प्रहरीले खोलेपछि उनीहरुबीच केहीवेर झडप समेत भएको थियो । घटनाको समाचार संकलन गर्न गएका स्थानीय कर्मदा साप्ताहिकका पत्रकार संगमराज पाण्डेयमाथि विद्यार्थीले कुटपिट गरेकाछन् । आन्दोलनरत विद्यार्थीको कुटपिटवाट पत्रकार पाण्डेयको नाकमा गहिरो चोट लागेको छ । विद्यार्थीले विद्यालयका केही झ्याल तथा सिसाहरु पनि फुर्टाईदिएकाछन् । विद्यालयमा भएको तनाबका कारण पठनपाठन बन्द भएको छ । विद्यालयमा कक्षा १० मा अध्ययनतर एक सय १९ जना विद्यार्थीले टेष्ट परीक्षा दिएकोमा ३३ जना अनुत्तीण भएकाछन् ।

Posted on:February 17, 2009, 7:34 am

No comments:

Post a Comment