Saturday, May 28, 2011

अपाङ्गले पाएनन् कसैको सहयोग

आश गुरुङ 'प्रतीक'
Putli Bahadur लमजुङ, चैत ३० गते ।
पुत्ली बहादुर गुरुङ, उमेरले ४५ वर्षपुगेपनि केही गर्ने चाहना लिएर अपांग जीवन जिउँदै छन् । र्'इश्वरले तँ आँट म पुर्‍याउँछु' भन्ने वाक्यलाई सम्झेर जीवनमा केही गर्ने उद्देश्यका साथ भौतारीरहेका उनलाई सरकारले पनि उपेक्षा गर्‍यो । दुईवटा खुट्टा र एउटा हात नचलेपनि उत्पादनशील काम गर्नेकै लागि उनले हजार विन्ती गरे, तैपनि उनको बचन खेर गयो । यसरी नै उनको २५ वर्षवितेको छ । न उसलाई ईश्वरले नै हेर्‍यो न सरकारले नै ।
लमजुङ जिल्लाको घनपोखरा गाउँ विकास समिति वडा नं. १ भाचेका वासिन्दा गुरुङ शारिरिक अपाङ्ग भएर पनि आफ्नै पौरखमा बाँच्ने उनको ठुलो चाहना छ । आफन्तको बुई चढेर सदरमुकाम वेसीशहरमा सहयोग खोज्न आएका गुरुङले भने, 'कसैले आर्थिक सहयोग गरेदेखि उद्यमशील काम गरेर खान्थेँ, अपाङ्गले पनि काम गरेर खान सक्ने रहेछ भन्ने उदाहण दिन्थेँ ।'

१० वर्षो उमेरमा पक्षघात भएका र हाडजोर्नीको समस्याले ग्रसित भएका उनी अपाङ्ग हुँदा अहिले दुनियाको हेला गरेको गुनासो पोख्छन् । रोगले छुनासाथ उनले आफ्नै दिदीको कानको रिङ बेचेर उपचार गर्न पोखरा गए । तर, प्रयाप्तमात्रामा रकम नहुँदा उपचार सफल हुन सकेन र गरिबीकै कारण उनले दुवै खुट्टा र एउटा हात गुमाउनु पर्‍यो । चरम गरिवीको मार उपचारमा मात्रै नभएर विद्यालयमा पनि भोग्नुपर्‍यो उनले । गाउँकै त्रिभुवन माविमा कक्षा ५ सम्म अध्ययन गरेका गुरुङले परीक्षा शुल्क तिर्न नसक्दा परीक्षाफल समेत रोकिएको थियो । सँधै प्रथम भईरहने गुरुङले शारिरिक र आर्थिक कमजोरीका कारण बीचैमा पढाई छोड्न बाध्य भएको वताए । भन्नुभयो- 'कसैले दया गरी सहयोग गरे आफ्नै पौरखमा बाँच्ने थिएँ, उदाहरण बनेर देखाउने थिएँ । उनी अहिले ८० वर्षी बृद्ध आमा र भाईबुहारीको साथमा वस्छन् ।

सानै उमेरदेखि अनेकन दुःख र कष्ट झेल्दै आएका उनले हैरानीकासाथ आक्रोस पोख्दै भने, 'हामी जस्ता अपाङ्गलाई त कसैले पनि हेर्दा रहेनछन् ।' 'सरकारी कार्यालयमा गए तिमीजस्तालाई एनजिओ/आइएनजिओले हेर्छन् भन्छन् यता एनजिओहरु भने हामीले हैन सरकारी निकायमै जाउ भन्छन्' उनको दुखेसो थियो । आर्थिक सहयोगकै लागि यता र उता चाहार्दैमा गलित भएको र कसैले पनि सहयोग नगरको उनको भनाई छ ।

अपाङ्गका लागि राज्यले सहयोग गर्छ भन्ने थाहा उनलाई पनि छ । सहायता भत्ताका लागि उनले पहिलोपटक गाविसको कार्यालयमा २०५२ सालमा निवेदन दिएका थिए । त्यतिवेला ६ महिना सम्म मासिक सय रुपैँयाका दरले भत्ता बुझेपनि त्यसयता उनले सरकारको कुनैपनि खालका राहात भेट्टाउन सकेनन् । २०६० सालमा सरकारी राहात खोज्न सदरमुकाम बेसीसहर आएका गुरुङलाई ५ सय रुपैया जिविसले दिएको थियो । गणतान्त्रिक सरकारले सवै अपाङ्गलाई मासिक भत्ताको ब्यबस्था गरेको सुनेका गुरुङलाई यसपटक गाविसले भत्ता नदिई जिल्लाएको छ । गाविस सचिव राममायाँ भट्टराईले गाविसमा अपाङ्गभत्ता कोटा नै सकिएको जानकारी गुरुङलाई गराएका थिए । घनपोखरामा ८४ जना अपाङ्ग रहेकामा गविसबाट ७८ जनाले भत्ता पाउने भएका छन् । छुट्ने मध्यमा गुरुङ सहित ६ जना रहेका छन् भने अन्य शारीरिक हिसावले अपांग छैनन् ।

Posted on:April 12, 2009, 4:49 am

No comments:

Post a Comment