Saturday, May 28, 2011

लमजुङमा बाली उपचार शिविर

आश गुरुङ 'प्रतीक'
Bali Upachar Groupलमजुङ, बैशाख २८गते ।
बालीनालीमा लाग्ने रोगको पहिचान तथा उपचारका लागि लमजुङको सदरमुकाम वेसीशहरमा बाली उपचार शिविरको आयोजना गरिएको छ । वेसीशहरको झिङ्गे खोलामा आयोजना गरिएको बाली उपचार शिविरमा स्थानीय किसानहरुले आफ्ना खेतवारीमा लगाईएका फलफूल, तरकारी तथा अन्नबाली परीक्षणका लागि ल्याईएकाछन् । मौसम अनुसारको फलफुलका बोट तथा विरुवाहरु सुन्तला, कागती, भोगटे, निबुवा, कफी, साथै तरकारीमा काउली, बन्दा, घिरौँला, कुविण्डो, फर्सी, अन्नबालीमा मकै लगायतका खाद्यावस्तुलाई किसानहरुले परीक्षणका लागि ल्याउने गरेकाछन् । पछिल्लोपटक लगाईएका बालीनालीमा रोगको प्रकोप बढ्न थालेपछि यस्तो कार्यक्रमको आयोजना गरेको आयोजक वर्ल्ड भिजनर् इन्टरनेश्नल नेपाल लमजुङ एडीपीका जिविकोपार्जन कार्यक्रमका संयोजक अनिलचन्द्र न्यौपानेले जानकारी दिनुभएको छ ।
ग्लोबल प्लान्ट क्लिनिक बेलायतको प्राविधिक सहयोगमा वर्ल्ड भीजन, जिल्ला कृषि विकास कार्यालय लमजुङ, सीड नेपाल, फिडापा नेपाल र सेकोड नेपालको संयुक्त आयोजनामा बाली उपचार शिविरको आयोजना गरिएको हो । सदरमुकाम वेसीशहरमा हिजो आईतवार पहिलोपटक आयोजना गरिएको शिविरमा करीब डेढसय किसानहरुले आफ्ना खेतवारीमा लगाईका फलफूल १२, तरकारी ११ र अन्नबाली एक गरि २४ थरिका खाद्यवस्तुहरुलाई परीक्षण तथा उपचारका लागि ल्याएका थिए । बाली उपचार शिविरमा सदरमुकाम वेसीशहर, गाउँशहर, उदीपुर, बाँझाखेत, चण्डीस्थान लगायतका गाविसका कृषकहरुले सहभागिता जनाएका थिए । बाली उपचार शिविर आगामी महिनादेखि हरेक महिनाको अन्तिम शनिवार आयोजना गरिने आयोजकले जनाएको छ । यसअघि लमजुङमा पहिलोपटक गत बैशाख १९ गते सुन्दबजारमा बाली उपचार शिविरको आयोजना गरिएको थियो ।
Bali upchar kratahur

bali sewa

Posted on:May 10, 2009, 9:12 pm

No comments:

Post a Comment