Tuesday, May 24, 2011

विश्व साईकल यात्री लमजुङमा

आश गुरुङ 'प्रतीक'
world cycleyatri besishahar lamjung maलमजुङ, चैत १२ गते - हिमालपारिको जिल्ला मनाङबाहेक नेपालका ७४ जिल्ला र १९ वटा देशको र्साईकलमा भ्रमण गरिसकेका २१ वषिर्य सौरभ दाहाल लमजुङ आईपुगेकाछन् ।
झापा जिल्ला भद्रपुर नगरपालिका वडा नं. ११, विकासनगरका सौरभ दुर्घटनामा परेर घार्इते भएपछि डाक्टरको सल्लाह अनुसार र भ्रमणको शिल्शिलामा लमजुङ आएकाहुन् ।
चारपटकसम्म दुर्घटनामा परेरपनि बच्न सफल सौरभ पछिल्लोपटक गत चैत ४ गते यात्राका क्रममा बाग्लुङको मालढुङ्गामा दुर्घटनामा परेका थिए । दुर्घटनामा परेर देब्रेहातको हड्डी फुत्केको र दाहिने आँखामा चोट लागेपछि अस्पताल भर्ना भएका उनी आराम गर्न 'चिसो ठाउँमा वस्नुपर्ने' भन्दै चिकित्सकले सल्लाह दिएपछि लमजुङको आएको उनको भनाई छ । र्साईकल चढेर नै ५० हजार किलोमीटरसम्मको यात्रा पुरा गरिसकेका सौरभले अव एकसय २० वटा देशको एकलाख ३० हजार किलोमीटर यात्रा गर्ने वताएकाछन् ।
'सवैका लागि समान शिक्षा' को नारा लिएर २०५९ साल बैशाख १ गते पूर्वाञ्चलको काँकडभिट्टावाट यात्रा थालेका सौरभले ब्रिटेन, जापान, सिंगापुर, भुटान चीन, पाकिस्थान, भियतनामर्,र् इन्डोनेसिया लगायत देशको र्साईकलमा चढेर नै यात्रा गरिसकेका छन् । विदेश यात्राका लागि हल्याण्डको भिसा लागिसकेकाले सन् २००९ को अन्त्यतिर भारतको बाटो हुँदै त्यतातिर जाने उनले वताकाछन् ।
काठमाडौँमा ९ कक्षा पढ्दै गर्दा सडक वालवालिकाले 'एकदुर्इ रुपैँया दिनोस्' हिँडेको देखेपछि शिक्षा नपाएकै कारण उनीहरु भौतारिएको ठहर गर्दै सवैले पढ्न लेख्न पाउनुपर्छ भनेर सन्देश वाँड्न विश्वभ्रमण शुरु गरेको उनको भनाई छ । नेपालमा ४० हजार बालवालिका विद्यालय जानवाट बञ्चित रहेकाले ती सवैले शिक्षा पाउनुपर्ने उनको माग छ ।
यात्राको क्रममा धेरैपटक सार्इकल लुटिएको र चारपटक सम्म दुर्घटनामा परेको उनले सुनाए । यात्राको क्रममा मुक्तिनाथ मन्दिरमा सवैभन्दा बढी दुःख झेल्नुपरेको अनुभव उनी सुनाउँछन् । 'टाँगेको पाल हावाले उडाएपछि चिसो हिउँमा कठांग्रिएर रात गुजारेँ, भोलिपल्ट त औँला सुन्निएर यति ठूलो भएछन्' उनले भने, मलाई जुन रात जहाँ विताएपनि त्यहीँको सम्झना आउँछ ।' त्यस्तै चीनमा भाषाको समस्याका कारण कतैवाट सहयोग नपाउँदा डस्वीनमा फालिएका खाद्यवस्तु खाएर ज्यान बचाएको पनि उनले वताए ।
world cycleyatri besishahar lamjung ma पाँचतारे होटलदेखि चना र केराको बोक्रा खाएर भ्रमण शुरु गरेका सौरभको यात्राका क्रममा चारपटकमात्रै र्साईकल लुटिएको छ । तीनहजारको सार्इकल लिएर यात्रा शुरु गरेका सौरभले अहिले एकलाख ८० हजारको र्साईकल चढेर भ्रमण गरिरहेकाछन् । 'पटकपटक र्साईकल लुटिएको क्षणलाई सम्झँदा कहिले त छोडौँ जस्तो पनि लाग्छ' उनले भने, 'झट्ट सम्झन्छु, लक्ष्य पुरा गर्नुपछ भन्ठान्छु अनि वर्तमानलाई सम्झेर फेरि अगाडि वढ्छु ।'
गुल्मीको टिढीमा गाडीसंग ठोक्किएर यसअघि दुर्घटना भएको उनी दाहिने हातलेमात्रै र्साईकल समातेर लमजुङ आएका सौरभले जिल्ला विकास समिति, जिल्ला प्रशासन, सेनाको ब्यारेक, जिल्ला शिक्षा कार्यालयका प्रमुख तथा प्रतिनिधि साथै शिक्षक एवं विद्यार्थीहरुसंग भेटेर सवैलाई शिक्षाका लागि सवैलाई समान ब्यवहार गर्न आग्रह गरेकाछन् । यात्रामा प्राप्त गरको २५ हजार डलरमध्ये बचाएर पाँचलाख रुपैँया सुदुरपश्चिमका थारु र हलियाप्रथाका वालवालिकालाई वितरण गरेको समेत उनले वताए । नेपालका ७० हजार विद्यार्थीलाई उनले आफ्नो भ्रमणका वारेको अनुभव सुनाईसकेकाछन् ।
तस्वीरमा विश्व र्साईकल यात्रामा हिँडेका सौरभ दाहाल बुधवार लमजुङ सदरमुकाम वेसीशहर बजारको सडकमा दाहिने हातले र्साईकल समाउँदै, यात्रा गर्दै ।
तस्बीरः आश गुरुङ 'प्रतीक'

Posted on:March 25, 2009, 6:11 am

No comments:

Post a Comment