आश गुरुङ 'प्रतीक'

संस्थाले विटक ढोडेनी, फलेनी र पाचोक तीन गाविसमा सञ्चालित एकीकृत सामुदायिक विकास परियोजना अर्न्तगतको कार्यक्रमलाई प्रभावकारी बनाउन सदरमुकाम वेसिशहरमा सरकारी तथा गैरसरकारी संघ संस्था तथा राजनीतिक दलहरुसंग अन्तरक्रियासमेत गरेको छ ।
संस्थाले आयोजना गरेको 'एकीकृत सामुदायिक विकास कार्यक्रम सरोकारवालाहरुमा समन्वयत्मक कार्यशाला' कार्यक्रममा विभिन्न सरकारी तथा गैर सरकारी कार्यलयका प्रमुख तथा प्रतिनिधिहरुले द्धन्दपीडित, आर्थिक, राजनीतिक र सामाजिक रुपले पछाडि पारिएका सिमान्तकृत समुदाय, गरीब, विपन्न, दलित तथा प्राकृतिक जोखिममा परेका वर्गको लागि विकट गाउँमा ल्याएका कार्यक्रमको सराहना गरेका थिए । साथै कार्यशालामा स्थानीय जनताको जीवन स्तर उकास्न सीप विकास तालिम, स्थानीय महिलालाई कानुनी साक्षरता तालिम, स्वास्थ्य सम्वन्धी सचेतना लगायतको कार्यक्रम अझ प्रभावकारी रुपमा लैजानको लागि सरोकारवाला तथा स्थानीय स्तरबाटै सशक्त रुपमा लाग्नु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेल, एकीकृत नेकपा माओवादी लमजुङका सचिव मोहनहरि पौडेल, नेपाली कांग्रेसका निवर्तमान सभापति कृष्णप्रसाद कोईराला, नेकपा एमालेका कार्यालय सचिव धनञ्जय दवाडी, स्थानीय विकास अधिकारी पेशलकुमार पोखरेल लगायतले बोलेका थिए । कार्याक्रममा नौलो घुम्ती नेपालका कार्यकारी निर्देशक रामप्रसाद ज्ञावलीले ढोडेनी, फलेनी र पाचोकमा अहिले सम्म गरेका कार्यक्रमवारे जानकारी गराउनुभएको थियो ।
कार्यक्रम नेपाल रेडक्रस सोर्साईटी लमजुङका सभापति अर्जुन पराजुलीको अध्यक्षतामा भएको थियो । नौलो घुम्ती नेपालले पर्ूर्वी लमजुङको पनि विकट मानिने तीन गाविसमा नेपाल रेडक्रस सोसाइटी कास्की, असल छिमेकी सहयोग संघ र पशु स्वास्थ्य तालिम तथा परामर्श सेवाको साझेदारीमा कार्य गर्दै आएको छ ।
Posted on:March 25, 2009, 7:21 am
No comments:
Post a Comment