आश गुरुङ 'प्रतीक'
लमजुङ, माघ ३ गते । 
पत्रकारहरुले उमा सिंह र जेपी जोशी लगायतका पत्रकारहरुको हत्यामा संलग्न अपराधीहरुलाई कारवाही गर्नुपर्ने, पीडित परिवारलाई उचित क्षतिपूर्ति र राहत सहित शहीद घोषणा गर्नुपर्ने, बेपत्ता पत्रकार मिलन नेपाली र प्रकाश ठकुरीको खोजी गर्नुपर्ने, पत्रकार तथा सामान्य नागरिकको हत्या हिंसाको श्रृंखला बन्द गर्नुपर्ने, विधिको शासन कायम गरी दण्डहीनताको अन्त्य गर्नुपर्ने, पत्रकारको भौतिक, आर्थिक र सामाजिक सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने, पत्रकार श्रम ऐन छिटो लागु गर्नुपर्ने लगायतका माग गरेका छन् ।
पत्रकारिता आवाज विहिनको आवाज भएकोले उनीहरुको पक्षमा कलम चलाउने पत्रकार माथि अपहरण, कुटपिट र हत्या भैरहेकोमा सिंगो सञ्चार जगत नै मर्माहत बनेको भन्दै पत्रकारहरुले देशमा शान्ति कायम भएको भन्ने कुरा केबल शब्द र भाषणमा मात्रै सिमित बनेको वताएकाछन् । सरकार घटनालाई मथ्थर पार्ने हेतुले झाराटारा तरिकाबाट आयोगमात्र गठन गर्ने काम गरेको र घटनाको छानविन गर्ने, माफी माग्ने आलेटाले कुरामा पत्रकारहरुलाइ झुक्काएर हत्यारालाई कानुनी कारबाही गर्न पन्छिएको समेत आरोप लगाएकाछन् ।
Posted on:January 15, 2009, 5:14 am
No comments:
Post a Comment