Thursday, May 19, 2011

लमजुङमा धान उत्पादनमा वृद्धि

आश गुरुङ 'प्रतीक'
लमजुङ, पुस २७ गते ।
पहाडि जिल्ला लमजुङमा यस वर्षधानको उत्पादन सात प्रतिशतले बृद्धि भएको छ ।
धान खेतीका लागि यसवर्षपर्याप्तमात्रामा बर्षा र सिँचाईको राम्रो सुविधा पुगेकाले धानको उत्पादनमा बृद्धि भएको कृषि विकास कार्यालय लमजुङले जनाएको छ ।
गत वर्ष३२ हजार ५ सय ३३ मेटि्रक टन उत्पान भएको र यसवर्ष७ प्रतिशतले बढेर ३४ हजार ४ सय ६८ मेटि्रक टन उत्पादन भएको कृषि विकास कार्यालय लमजुङका बाली संरक्षण अधिकृत रमेश चन्द्र सुवेदीले वताउनुभयो । लमजुङमा १५ हजार ५ सय ३३ हेक्टर क्षेत्रफल जमिनमा धान खेती गरिन्छ ।


Posted on:January 11, 2009, 12:47 am

No comments:

Post a Comment