आश गुरुङ 'प्रतीक'

हिमालचुली कला साहित्य प्रतिष्ठानले आज विहिवार पत्रकार सम्मेलन गरि ठाडो भाका लोप हुन लागेका कारण दोश्रो लमजुङ महोत्सवको पूर्वसन्ध्याको अवसर पारेर यसको संरक्षण र संवर्द्धन गर्न यस्तो कदम चालिएको जानकारी गराएको छ ।
विक्रम संवत १९७० सालतिरबाट शुरु भएको ठाडो भाकाको संरक्षण र सम्बर्द्धनका लागि हिमालचुली कला साहित्य प्रतिष्ठानले आगामी दिनमा देशभरका ठाडो भाका गाउनर् इच्छुकलाई एउटै मञ्चमा राखेर अन्तरक्रिया कार्यक्रम समेत आयोजना गर्ने भएको छ ।
९५ वर्षअघि लमजुङ नेटाका देउबहादुर दुरा र कास्की मिजुरे गाविस रबैडाँडाका पञ्चैसुब्बा गुरुङले सवैभन्दा पहिले ठाडो भाका गाउन सुरु गरेका हुन । १९५० तिर जन्मेका दुरा र उनको सहयात्री गुरुङले प्रचलनमा ल्याएको यो भाका कसैले पनि गाउन सकेनन् । थोरैमात्र रोधीँघरका 'रोस्यो आमा र रोस्यो बाबाको' मुखमा झुण्डिने गरेको ठाडो भाका त्यतिवेला 'गुरुङ-दुरा भाका' ले प्रख्यात थियो । अन्ततः भेडीखर्केलेमात्रै उजागर गर्न सकेका र बिँडो थाम्ने कोही नभएकाले ठाडो भाकाको संरक्षण र संवद्धनमा लागेको प्रतिष्ठानका अध्यक्ष आनन्द घिमिरेले वताए ।

ठाडो भाकालाई जीवन्त दिन विक्रम संवत २०३५ सालमा भेडीखर्के साइँला रेडियो नेपाल पुगे । तर, स्टुडियोमा चिनेको कोही नभएपछि ठाडो भाका रेकर्डहुन सकेन । ०५३ सालमा अल्ट्रासाउण्ड प्रालिले 'मेरो सेरोफेरो' एल्बममा भेडीखर्के साइँलाको आवजमा ठाडोभाका रेकर्डगरेर बजारमा ल्याएको थियो । पछिल्लोपटक पोखरास्थिति लोककवि अलिमियाँ लोक वाङ्मय प्रतिष्टानले 'लमजुङे ठाडो भाका' नाम दिएर एल्बम निकाल्यो । केहीवर्ष अघि धनकुमारी तामाङले आफ्नो 'धन' एल्बम मा ठाडो भाकाको गीत समेटेकीछन् । त्यतिलेमात्र ठाडो भाकाको संरक्षण र संवर्द्धन नहुने भएकाले इतिहासमामात्र सीमित नपार्न ठाडो भाकाको कार्यक्रम आयोजना गर्न लागिएको प्रतिष्ठानका सहसचिव नवीनचन्द्र घिमिरेले जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा यसअघि ६ महिनाभर प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमवारे पनि जानकारी गराईएको थियो । प्रतिष्ठानले साउन ३० गतेको पहिलो अधिवेशनदेखि लिएर गाईजात्रा, जिल्लास्तरीय गजल प्रतियोगिता, तीजगीत प्रतियोगिता, विजयदशमी तथा दीपावलीको शुभकामना आदानप्रदान, देवकोटा जयन्ती, दाइँ साहित्य, स्वर्गीय रमेशकुमार पिया स्मृति पुरस्कारको प्रथम पटक वितरण, दोश्रो पर्यटक साहित्य यात्रा लगायतका कार्यक्रम संचालन गरेको पत्रकार सम्मेलनमा जानकारी गर्राईएको थियो ।
Posted on:January 22, 2009, 3:00 am
No comments:
Post a Comment