आश गुरुङ 'प्रतीक'

लमजुङको धमिलिकुवा गाउँ विकास समिति र बाग्लुङपानी गाउँ विकास समिति वडा नं. ३, पुमा गाउँलाई खुला दिशामुक्त क्षेत्र घोषणा गरिएको छ ।
धमिलिकुवामा खानेपानी सरसफाई डिभिजन कार्यालयको सहयोग तथा विद्यालयको अगुवाई साथै स्थानीयवासिन्दा र पुमा गाउँमा ग्रीन सोसाइटी र वर्ल्डभीजन लमजुङ एडीपीको सहयोग तथा स्थानीय कन्याज्योति आमा समूहको सक्रियतामा खुला दिशामुक्त क्षेत्र घोषणा गरिएको हो ।
दशौँ राष्ट्रिय सरसफाई सप्ताहको अवसरमा खुला दिशामुक्त क्षेत्र घोषणा गरिएको धमिलिकुवा गाविसमा विभिन्न संघसंस्थाको सहयोगमा पक्की र कच्ची गरि एकहजार तीनसय ९२ र पुमा गाउँमा ६७ वट गरि घरैपिच्छे शौचालय निर्माण भएकाछन् । खुला दिशामुक्त क्षेत्र घोषणा गरिएका धमिलिकुवामा गाउँलाई पूर्ण सरसफाई राख्न तथा सभ्य समाज निर्माणका लागि १४ बुँदे आचारसंहिता जारी गरिएको छ । त्यस्तै पुमा गाउँमा शौचालयबाहेक अन्य ठाउँमा दिसापिसाव गरेको थाह पाएमा जरिवाना गर्ने र देखेर समूहमा भन्न आउनेलाई पुरस्कार दिने घोषणा गरिएको छ । गाउँ खुला दिशामुक्त क्षेत्र घोषणा भएपछि धमिलिकुवा र पुमा गाउँका वासिन्दाले नाचगान गरेर खुसीयाली मनाएकाछन् ।

त्यस्तै, पुमागाउँको कन्याज्योति आमा समूहको भवनमा आयोजना गरिएको खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने कार्यक्रमलाई संवोधन गर्दै ग्रीन सोर्साईटीका अध्यक्ष भीम गुरुङले खुला दिसामुक्त क्षेत्र घोषणा भन्दा कार्यन्वयन ठूलो पक्ष भएको वताए । कार्यक्रममा सोर्साईटीका महासचिव देवेन्द्र पौडेल, वर्ल्ड भिजनका टिम लिटर सुरेन्द्रबाबु ढकाल, गाविससचिव नवराज पराजुली, जनज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक विलप्रसाद गुरुङ, नेपाल पत्रकार महासंघका केन्द्रीय सभाषद् आश गुरुङ 'प्रतीक', युवा क्लबका मदन गुरुङ, शिवशक्ति बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष पद्मा गुरुङ लागयतले मन्तब्य राखेका थिए ।
सो अवसरमा खुला दिसामुक्त क्षेत्र घोषणा तथा गाउँको विकासका लागि योगदान पुर्याएको भन्दै ग्रीन सोसाइटीको कार्यक्रम संयोजक विमला पौडेल र उत्प्रेरक मोति गुरुङलाई पछ्यौराद्वारा सम्मान गरिएको थियो । कार्यक्रम स्थानीय कन्याज्योति आमासमूहकी अध्यक्ष सूर्यकुमारी गुरुङको अध्यक्षतामा भएको थियो ।
Posted on:June 12, 2009, 6:00 am
No comments:
Post a Comment